म्यानचेष्टर युनाइटेड प्रिमियर लिगको पहिलो खेलमा घरेलु मैदानमै पराजित


काठमाडौं साउन ३१-

लुइस भानगालले नेतृत्व रहेको म्यानचेष्टर युनाइटेड इङ्लिस प्रिमियर लिग फुटबलको पहिलो खेलमा

मा नै हार व्यहोरेको छ। युनाइटेडले आपनो घरेलु मैदानमा नै हार व्यहार्दै प्रिमियर लिगको सिजनको पहिलो खेलबाट नै स्तब्ध बनेको हो ।

युनाइटेड घरेलु मैदान वर्ल्ड ट्रार्फडमा शनिबार साँझ भएको खेलमा स्वान्सीसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
२० यार्ड टाढाबाट गोल गर्दै स्वान्सीका कि सुङ योङले २८ औं मिनेटमा अग्रता दिलाएका थिए ।

_76989587_76989586
पहिलो हाफमा दुबै युनाइटेडले केही मौका पाए पनि गोल गर्न सकेन र स्वान्सीले १-० को अग्रता कायमै राख्यो । दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको म्यानचेष्टर युनाइटेडका लागि ५३ औं मिनेटमा वायन रुनीले गोल गरे ।

_76989591_76989590
तर, ७२ औं मिनेटमा सेगुट्सनले फेरि स्वान्सीलाई २-१ को अग्रता दिलाए । अन्तत युनाइटेड आफ्नो घरेलु मैदानमा नै सिजनको पहिलो खेलमा नै हारको सामना गर्नु पर्यो । नयाँ प्रशिक्षक लुइस भानगाल आफ्नो प्रिमियर लिगको डेबियु खेलमा नै हार खेप्नु पर्दा सिजनको शुरुवातमा नै दबाफमा रहेका छन् ।