टानको अध्यक्षमा शर्मा, पर्यटन क्षेत्रमा सहुलियत चाहियो ः धमला


माधव बराल
पोखरा, ३१ साउन

टे«किङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल संघ को १३ औँ अधिवेशनले रामचन्द्र शर्माको अध्यक्षतचामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा दिपक राज अधिकारी, द्धितिय उपाध्यक्षमा हरि भूजेल, सचिवमा विनय आचार्य, सहसचिवमा यदुराज पोखरेल, कोषाधयक्षमा इन्द्र मान चोहान, रहनु भएको छ ।

सदस्यहरुमा श्याम कृष्ण थापा, सुरेश लम्साल, धर्म राज पन्थी, किसम कुमारी गुरुङ, कृष्ण प्रसाद आचार्य, विश्वराज अधिकारी रहनु भएको छ ।

यस अघि साधारण सभाको उद्धघाटन गर्दै (टान) का अध्यक्ष रमेश धमलाले स्वास्थ्य क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा सरकराले सहुलियत दिनुपर्ने बताउनुभएको छ । पर्यटन क्षेत्रमा सरकारले सहुलियत दिएमात्र यसको विसका थप टेवा पुग्ने भनाई उहाँको छ ।उहाँले पर्यटकीय स्थलको पहिचान भएपनि त्यसको बजारीकरण गर्न नसकिएको स्वीकार गर्दै बजारीकरण गर्न टान लागि परेको दावी गर्नुभयो ।

उहाँले पर्यटन बोर्डमा भएको अनियमितता विरुद्ध थालिएको आन्दोललाई टुङ्गोमा पु¥याएर छाड्ने अठोट समेत व्यत्त,गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्र चाहे अनुसार परिर्माजित हुन नसकेको बताउनुभयो । उहाँले निजी क्षेत्रको चुनौति भनेको कामप्रतिको महत्व र समाजमा देखाउनु पर्ने क्षमता उजागर गर्न नसक्नु रहेको बताउनुभयो ।

टान पोखरा च्याप्टरका अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा वर्ष २०१३÷१४ को उत्कृष्ट कर्मचारीबाट सिता अधिकारीलाई नगद पाँच हजारसहित सम्मान गरिएको थियो । टानले आफ्नो वार्षिक कार्यक्रममा पर्यटक सुचना व्यवस्थापन प्रणाली टिम्सलाई अझ व्यवस्थित गर्नुका साथै अन्नपूर्ण क्षेत्रमा थप चेकपोष्ट स्थापना गर्ने योजना बनाएको सचिव डम्बर अधिकारीको प्रतिवदेनमा उल्लेख छ ।

अन्र्तराष्ट्रिय बजारमा पोखरा र आसपासको प्रवद्र्धन गर्न तथा नयाँ पदयात्रा क्षेत्रको बजारीकरण गर्न तेस्रो मुलुकमा प्रमोशनल टुर पनि गर्ने भएको छ ।