एनआरएनए स्पेनले अगस्ट २६ तारिक बनभोज कार्यक्रम गर्ने , सहभागी हुन सबैलाई अनुरोध


बार्सिलोना-
गैरआवाशीय नेपाली संघ स्पेनले आउदो अगस्ट २६ तारिक मंगलबारको दिन बार्सिलोनामा बनभोज कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम गर्ने मिति र स्थान अहिले जानकारी गराए पनि संघले नेपाली समुदाय बीच आपसमा सम्बन्ध प्रगाढ गर्ने भन्दै यस अघिको नियमित बैठकमा नै बनभोज कार्यक्रम गर्ने घोषणा गरेको थियो।
संघले एक जनाको लागि १८ युरो , परिवार (२ जना ) भएमा ३० युरो शुल्क लाग्ने र १२ बर्ष मुनिको लागी निशुल्क गर्ने जनाएको छ ।

बनभोज कार्यक्रमको ब्यबस्थापनको लागि संघकाअध्यक्ष एकराज गिरिको संयोजकत्वमा कृष्ण हरि कंडेल, हेमन्त रानाभाट, सन्तोष श्रेष्ठ र शितल भुर्तेल भुषाल सम्मिलित एक उपसमिति गठन गरेको थियो।

संघका अध्यक्ष एक राज गिरीले बनभोज कार्यक्रममा आफ्नो अन्तर्निहित प्रतिभाहरु पनि देखाउन सकिने बताएका छन् । उनले भने “तपाई गजल कबिता गित वा चुटकिला सुनाएर मनोरन्जन दिन सक्नुहुन्छ । आउनुहोस प्रदेशमा दुख छ एक दिन भए पनि संगै खाऊ सँगै रमाउ “।
संघका प्रबक्ता सन्तोष श्रेष्ठले नेपालीनेपाली डटकमलाई बनभोज कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका छन् । बिहान १ बजे देखि हुने कार्येक्रम नेपाली चिया र पाउरोटीबाट शुरु गरी सबैलाई मध्येनजर गर्दै दोहोरी गित ,घैटो फुटाउने,नाचगान जस्ता मनोरंजनात्मक कार्येक्रमहरु हुने छन् श्रेष्ठले भने ,” बिहानको खानामा चिउरा मासु चट्नी, दिउसोको खाजामा बारबिकियु ,र साझ  पुलाउ, खसीको मासु, तरकारी ,चट्नी र सलाद अन्तमा मुख मिठो गर्दै बिदाई को लागि केक समेत तयारी गरिएको छ। “.

कार्येक्रममा उपस्थित हुन ईच्छुकलाई अगष्ट २१ भित्र एनआरएन स्पेनका कार्येसमितीमा रहेका जो कसैलाई पनि नाम टिपाएमा खानपिन ब्यबस्थापन गर्न सजिलो हुने हुदा सहयोग गरिदिन स्पेनबासी नेपाली समुदायलाई संघले अनुरोध गरेको छ ।

थप जानकारी को लागी
कार्यक्रम: बनभोज कार्यक्रम

मिति:- २६ अगष्ट २०१४
स्थान:- TRINITAT VILLA * METRO LINEA 1*
समय:-दिउसो  १ बजे  देखि राती १० बजे सम्म
आयोजक :- एन आर एन ए स्पेन