केही छैन प्रिय


– नबराज नवोदित
   अबुदाबी, यु.ए.ई.

 

तिमी नै जित्नु संसार सारा हारी म दिउँला केही छैन प्रिय ।
जे जति दिलमा पलाए आशा मारी म दिउँला केही छैन प्रिय ।

कसैले सोधे कसैले खोजे अर्थ यो हामी बिचको नाताको
चिन्दिन भनी जान्दिन भनी टारी म दिउँला केही छैन प्रिय ।

निर्धक्क बनी अगाडि बढ्नु धेरै नै खुशी मिल्दछ भने
खोलेर सबै बाटो त्यो सहज पारी म दिउँला केही छैन प्रिय ।

तिमिले चाहे सम्झ नसम्झ अतीतका सारा मिठा पलहरु
छल्किए आँशु यादमा तिम्रै झारी म दिउँला केही छैन प्रिय ।