गायक सरोज गोपाल बज्राचार्यको शब यात्रा ( फोटो फिचर )


पोखरा, २९ साउन-
वरिष्ठ गायक सरोज गोपाल बज्राचार्यको गएराति निधन भएको छ । बज्राचार्यको गएराति ६१ वर्षको उमेरमा आफ्नै निवास बागबजारमा निधन भएको हो । बज्राचार्य लामो समयदेखि मधुमेह रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

बज्राचार्यको देउराली उकाली चढेर, नक्कलीलाई भगाई लग्यो भिल्केले, दाईको घर कहाँ हो कहाँ, करोडौँ मुटुहरु ढुकढुकी एउटै नेपाल लगायतका गीत चर्चामा रहेका छन् । बज्राचार्य रेडियो नेपालको पुरानो गायक हुनुहुन्थ्यो भने केही वर्ष सञ्चार क्षेत्रमा पनि कार्य गर्नुभएको हो ।

1609746_789747727713596_5141528025443649896_n

10425406_1506650386238930_6565199135029915952_n 10610900_1506650532905582_357136098481499338_n 10603348_921237087893456_1781738479365084818_n