क्रिकेट कप्तान पारस खड्कालाई बेलायतमा सम्मान


लन्डन-
बेलायत भ्रमणमा रहेका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई लण्डनमा सम्मान गरिएको छ । याक एण्ड यति रेस्टुरेन्ट एल्थम मा आयोजित अन्तरक्रिया कार्यक्रममा एनआरएन युकेका सह-अध्यक्ष्य महेन्द्र कँडेलले खादा ओढाएर सम्मान गरेका हुन् ।
साउथ लण्डन कलेजका प्रवन्ध निर्दशक राजन कंडेल र एनआरएन युके कार्य समितिका सदस्य फडिन्द्र भट्टराई, अर्जुन कटुवाल तथा आइसीसी सदस्य बिनोद ज्ञवालीले पुष्पगुच्छा दिए । सो अवसरमा तेक्वान्दो र बक्सिङ्गका पुर्व नेपाली राष्ट्रिय खेलाडी हरि गुरुङ र कुश बस्नेत उपस्थित थिए | स्थानीय पत्रकार ध्रुब अर्याल, बिपिन निरौँला, बिद्यार्थी नेता उमेश भण्डारी लगायत पनि उपस्थित रहेको थियो ।
अन्तरक्रियामा बोल्दै कप्तान खड्काले आफ्नो क्रिकेट जगतको अनुभव र भोगाइका बिबिध पाटा कोट्याए । उनले नेपालमा रहेका नेपाली मात्र नभएर प्रवासी नेपालीको नेपाली क्रिकेट प्रतिको मायाले आफु प्रभावित भएको बताए । उनले नेपाली क्रिकेटलाई एकतहमाथि उकास्न सकिएको र सबैको सहयोग रहे नेपाली क्रिकेट उच्चतम बन्न सक्ने विश्वास ब्यक्त गरे | राजनैतिक हस्तक्षेपबाट टाढा राख्नसके खेल जगतको भविष्य उज्यालो रहने धारणा उनको थियो ।

सोही क्रममा खड्काले प्लेयर्स एसोसियसन कोषको सहयोगार्थ १३ अगस्टमा लण्डनमा बृहत्त च्यारिटी डिनर आयोजना भएको बताए | कोषमा सहयोग रकमको याचनाको जानकारी पाउन साथ तत्काल ५० हजार रूपैयाँ जम्मा गरेर हस्तान्तरण गरिएको थियो | सहयोग गर्नेमा फडिन्द्र भट्टराई, महेन्द्र कँडेल , बिनोद ज्ञवाली, दिपक श्रेष्ठ, राजन कँडेल, कुशल श्रेष्ठ, हरि गुरुङ, कुश बस्नेत , भोज गुरुङ लगायत थिए ।