कास्कीका खोला तथा नदीघाटबाट ढुगां, गिटी, वालुवामा उत्खनन गर्न अनिष्चितकालिन रोक


दिननाथ बराल
पोखरा २९, साउन

कास्की जिल्लामा रहेका नदी, खोला, घाटबाट प्राकृतिक श्रोत ( ढुंगा, गिटी, वालुवा) उत्खनन संकलन र विक्रि वितरण गर्न अनिस्चित कालिन रोक लगाइएको छ । जिल्ला अनुगमन तथा समन्वय समिति कास्कीका अध्यक्ष एवं कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतको अध्यक्षतामा हालै बसेको कैठकले कास्कीका खोला, नदी तथा घाटबाट प्राकृतिक श्रोत ढुंगा, गिटी, वालुवा उत्खनन, संकलन तथा विक्रि वितरण गर्न अनिस्चित कालिनको लागि रोक लगाइएको छ ।

नेपाल सरकारले असार, साउन र भदौ महिनामा कुनै पनि खोला, नदीकिनारा तथा घाटबाट गिटी, वालुवा तथा ढुंगा उत्खनन, संकलन र विक्रि वितरण गर्न रोक लगाउदै आएको छ ।

कास्कीको हकमा अन्य जिल्ला भन्दा प्राकृतिक श्रोत उत्खनन भएको स्थलहरुमा बढी खतरा बढ्दै गएकोले हाल आफुहरुले अनिष्चित कालका लागि ढुंगा, गिटी, वालुवा उत्खनन, संकलन र विक्रि वितरण गर्न रोक लगाइएको कास्कीका निमित्त स्थानीय विकास अधिकारी नारायण प्रसाद श्रेष्ठले बताए । पोखराको रामघाट र याम्दी क्षेत्रमा भने संरक्षणको प्रत्याभुति नभएसम्मको लागि प्राकृतिक श्रोत ( ढुंगा, गिटी, वालुवा) उत्खनन संकलन र विक्रि वितरण गर्न रोक लगाउने तयारी भएको श्रेष्ठले जनाए ।

उनले भने “हाम्रो समितिले त निर्णय गरौं, तर अब यसलाई अनुगमन भने सुरक्षा निकायले नै गरीनु पर्दछ ।” यस अघि जिविस कास्कीले १२ रै महिना यस्ता प्राकृतिक श्रोतहरु उत्खनन गर्न दिएको थियो । १२ रै महिना उत्खनन गर्न दिएका कारण पोखराको सेतीनदीको रामघाटले नदी कटान गर्नुका साथै सेतिनदीको गहिराई समेत बढेको विज्ञहरुले बताएका छन । याम्दीनदीमा आवश्यकता भन्दा बढी उत्खनन गर्नाले पोखरा बाग्लुङ राजमार्ग पर्ने याम्दी क्षेत्रको बस्ती नै उच्च जोखिममा परेको स्थानियले बताएका छन ।

जिल्ला विकास समितिले यस बर्षका कास्कीका ३० वटा नदी किनाराका घाटहरुमा ढुंगा गिटी तथा वालुवा उत्खनन गर्न दिएको थियो । १९ वटासंग एक बर्षको लागि ठेक्का सम्झौता समेत गरेको कास्कीका निमित्त स्थानीय विकास अधिकारी श्रेष्ठले बताए । यस बर्ष करीब ६ करोडको लागि प्राकृतिक श्रोत उत्खनन गर्ने सम्झौता गर्दै गरेको उनले जनाए । जिविसमा ठेक्का पारेका केहिले फैसा फिर्ताको माग गर्न समेत आउन थालेको श्रेष्ठले जनाए । उनीहरुले यस आर्थिक बर्षको सुरुवात साउनबाटै काम उत्खनन गरेकोले त्यसको आधारमा समन्वय गरी जिविसको बोर्डबाट के कतिमा फिर्ता वा रद्ध गर्ने त्यस पछि मात्र निर्णय हुने उनले जनाए । गत बर्ष कास्कीमा २५ वटा ठाँउमा प्राकृतिक श्रोत उत्खनन गरे वापत ३ करोड २३ लाख २२ हजार ४ सय ४६ रुपैया राजश्व संकलन भएको श्रेष्ठले जनाए ।

पोखराको रामघाट क्षेत्रमा मात्रै करीब ६ सय जना मजदुरहर रहेका छन । उनीहरुले दैनिक जसो गिटी वालुमा निकालेरै जिवीको पार्जन गर्दै आएका हुन ।

दैनिक जसो ३ सय मजदुरहरुले वालुवा तथा गिटी बोक्ने गरेका छन । एक मजदुरले दैनिक २० देखि ३० वोरासम्म वालुवा वोक्ने गर्दछन । यसरी हेर्दा सामान्यतया दैनिक जसो रामघाट क्षेत्रबाट मात्र ६ हजार वोरा वालुवा तथा गिटी निकालीने गरेको मजदुरहरु बताउने गर्दछन । घान्द्रुकका ४० बर्षीय डिलबहादुर बोहरा जस्ता मजदुरले पोखरा रामघाट क्षेत्रमा दैनिक वालुला वोकेरै आफ्नो छाक टार्ने गरेका छन । जिविसको उक्त निर्णयले आफुहरु जस्ता मजदुरको रोजिरोटि खोसिएको उनले गुनासो गरे ।

भुगोलविद प्राध्यापक डाक्टर विश्व श्रेष्ठले पोखरको मुख्य भाग भएर बगेको सेतीनदी यस बर्ष करीब ४० बर्षको अन्तरालमा सवै भन्दा बढी गहिराई भएकोले पोखराको महेन्द्र्रपुल तथा नयाँजबार क्षेत्र तथा नदीकिनाराका बस्ती उच्च जोखिममा गरेको दाबी गरे । उनले भने “अब हामी सवै सारोकावालाहरु तात्ने वेला आएको छ, समयमै सर्तक नभए भोलि ठुलो जनधनको क्षेति हुन्छ त्यस वेला हामीले ज्या भन्नु सिवाए केहि लाग्दैन ।”

पोखराको लालटीन बजारदेखि ढुङगेसाँघुसम्मको सेती नदी तटीय किनारामा मानव बस्तीनै उच्च जोखिममा रहेको विज्ञहरु बताउछन । भुमिगत हुदै सतहको केहि घाटहरुमा फैलिएको नदीले ल्याएको गिटी तथा वालुला अत्याधिक दोहन गर्दा नदीले आफ्नो सतह भन्दा तल्लो भागमा खोताल्दै नदी भित्र भित्रै हिडेको डाक्टर श्रेष्ठले दाबी गरे ।