सामुदायिक प्रहरीको अग्रसरतामा बाटो मर्मत


पोखरा । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र कालिकाको आयोजनामा बाटो मर्मत गरेको छ ।

पोखरा–२८, कालिकादेखी मादी–५ चितेपानी जोड्ने कच्ची मोटरबाटो बर्खायामको कारणले पैरो गइ स्थानिय बासिहरुलाई समेत हिडडुल गर्न कठिनाई भएको हुँदा सामुदायिक प्रहरी सेवा केन्द्र कालिकाको बिशेष सक्रियतामा मर्मत गरिएको हो ।

सो कार्यक्रम मादी–५ का वडा अध्यक्ष रतन बहादुर गुरुङको प्रमुख आतिथ्यता तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी नायव निरीक्षक टंकप्रसाद पौडेलको विशेष अतिथ्यतामा भएको थियो।

उक्त बाटो मर्मतको लागी महेश तामाङ जेसिवी र मादी गाँउपालिका जनप्रतिनीधी वडा सदस्य हुमनाथ अधिकारीले एक महिनाको भत्ता र कालिका ईङलीस बोडीङ स्कुलबाट जेसीवीलाई आवश्यक पर्ने डिजल उपलब्ध गराएका थिए ।

कार्यक्रममा प्रथम उपाध्यक्ष राजेश भण्डारी, सदस्य केदारनाथ अधिकारी, उपाध्यक्ष नारायण प्रसाद त्रिपाठी मादी–५ की वडा सदस्य पार्वती रानामगर, प्रहरी हवल्दार शिव ढकाल, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानिय टोल बासीहरुको उपस्थिती रहेको थियो ।

हुमनाथ अधिकारीको अध्यक्षता र प्रहरी हवल्दार अमर गुरुङको संयोजकत्वमा रहेको कार्यक्रमको संचालन सचिव रीता देवी तिमिल्सेना भण्डारीले गरेकी थिइन।