सामुदायिक विकास समितिका पदाधिकारीलाई नेतृत्व विकास तालिम


पोखरा । परियोजना व्यवस्थापन समिति र सामुदायिक विकास समितिका पदाधिकारीहरुका लागि ३ दिने नेतृत्व विकास तालिम आइतबार सम्पन्न भयो।

भदौ १ देखि ३ गतेसम्म संचालित तालिममा कास्की जिल्लाका मादी ८, ९ र ११, अन्नपुर्ण ४, ६ र ७ र माछापुच्छे्र ६ र ८ गाउँपालिकाका परियोजना व्यवस्थापन समिति र सामुदायिक विकास समितिका १७ जना पदाधिकारीमा नेतृत्वदायी क्षमता अभिवृद्धि, सकारात्मक सोच, नतिजामुखी बैठक संचालन लगाएत विषयगत क्षेत्रमा क्षमता अभिवृद्धिका लागि तालिम संचालन गरिएको थियो ।

गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालद्धारा संचालित तालिमको सहजिकरण नारायण प्रसाद पौडेलले गरेका थिए र उनले असल नेतृत्वमा हुनुपर्ने गुणहरु, समुहमा सहकार्य, सकारात्मक सोच, प्रशंसनीय दृष्टिकोण जस्ता विषय समेटेर तालिम दिएका थिए ।

तालिमको समापन कार्यक्रममा मादी गाउँपालिका वडा नं. ९ का परियोजना व्यवस्थापन समितिका अध्यक्ष सुर्यमोहन अधिकारीले तालिमले आफुमा एक असल नेतृत्वमा हुनुपर्ने गुणहरुका बारेमा जानकार भएको र आगामी दिनहरुमा गरिने सामुदायका बैठकहरु थप सुव्यवस्थित तवरले संचालन गर्न सकिने विश्वास व्यक्त गरे ।

तालिमको समापन गर्दै नौलो घुम्ती नेपालका अध्यक्ष खड्ग बहादुर रानाभाटले तालिमको वास्तविक औचित्य सहभागिहरुले आ आफ्नो समुदायमा कार्यान्वयनमा ल्याउनका लागि प्रेरित गर्दै सहभागीहरुको सक्रिय सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो ।