स्वास्थ्य लाभ र मोक्ष प्राप्तीका लागी योग आवाश्यक


पोखरा । पतंजली योग केन्द्र (भिमसेन योग पिठ) पोखरा महानगरपालिका वडा नं. २ को दोस्रो वार्षीक उत्सव सम्पन्न भएको छ । आईतवार सम्पन्न वार्षीक उत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले योग साधना मार्फत समुदायमा पुर्याएको योगदानको प्रशंसा गरेका छन् ।

उनले योग मार्फत मौलिकताको संरक्षणका साथै स्वास्थ्य प्रवद्र्धनमा जोड दिए । पोखरामा टोलटोलमा यस्ता प्रकारका योग केन्द्रहरु स्थापना गर्नु पर्ने उनले बताए । सेतो कपडामा कालो दाग लगाउने कार्य गर्न नहुने तर्फ उनले सचेत गराएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रामेश्वर मल्लले सकारात्मक सोचको विकासका लागी समेत योग साधना आवाश्यक रहेको बताए । वडा नं. ३ का वडा अध्यक्ष रविन्द्र बहादुर प्रजुले केन्द्रका आवाश्यक सामाग्रीहरु सहयोग गर्ने बताए ।

पतंजली योग केन्द्र गण्डकी प्रदेशका सचिव विश्वमणी तिवारीले स्वास्थ्य लाभ र मोक्ष प्राप्तीका लागी योग आवाश्यक रहेको बताए । साथै उनले योग प्रतिको आकर्षण बढ्दै गएको भन्दै खुसि समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा समाजसेवी टंकमान नापित, पतंजली योग समिति कास्कीमा प्रभारी परमेश्वर दाहाल, महिला पतंजली योग समिति कास्कीकी प्रभारी भावना श्रेष्ठ लगायतले योगका विषयमा बोलेका थिए ।

भिमसेन योग पिठकी अध्यक्ष मंयाँ बाटाजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत योग प्रशिक्षक गांगा पौडेल र संचालन पतंजली योग समिति कास्कीकी सदस्य कमला नापीतले गरेकी थिईन् ।

उक्त योग पिठमा अहिले तिन दर्जन भन्दा धेरै महिला तथा पुरुषहरुले योग साधना गरिरहेका छन् ।