जिवन विमा सम्बन्धी एक दिवसिय सेमिनार सम्पन्न


पोखरा । गुराँस लाइफ इन्स्योरेन्स कं. लि तथा पोखरा विश्वविद्यालयको सयुक्त आयोजनामा प्रदेश नं. ४ को राजधानी पोखरामा Fundamental Of Life Insurance and Its Market Trends in Nepal बिषयमा एक दिवसिय सेमिनार सम्पन्न भएको छ ।

गुराँस लाइफ इन्स्योरेन्स कं.लिका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई तथा पोखरा विश्वविद्यालयका डिन प्रा. हरिबहादुर खड्काको प्रमुख आतिथ्य एवं कम्पनीका क्षेत्रीय प्रमुख बाबुराम पौडेलको अध्यक्षतामा संचालन गरीएको उक्त कार्यक्रमा वीमा योजना तथा बजार रणनिति वारेमा बोल्दै क्षेत्रीय प्रमुख पौडेलले वीमा योजनाहरु आधुनिक आवश्यकता अनुरुप भएमा यसको बजारीकरणमा सहज हुने वताए ।

त्यसै गरी समग्र जीवन वीमाको बजार तथा नेपालमा यसको अवस्था वारेमा वोल्द पोखरा विश्वविद्यालयका प्राध्यापक डा. रविन्द्र घिमिरेले विभिन्न तथ्यांक प्रस्तुत गर्दै डा. घिमिरेले बजारको माग अनुरुप विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्ने तथा आवश्यकता अनुरुप सम्बन्धीत निकायको सहर्कायमा पाठ्याक्रम परिर्माजन गरि समय सापेक्ष बनाउने वताए ।

यसै गरी कम्पनी प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई ज्युले जिवन वीमाको प्रकृया तथा जिवन वीमा कम्पनीको साँगठनीक ढाँचा, दावी भुक्तानी प्रकृया, अण्डरराइटिङ्ग सम्बन्धी व्यावस्था, कम्पनीको वोनस निर्धारण प्रकृया हरुको बारेमा सहभागीहरुलाइ प्रशिक्षण गराएका थिए ।
उहाँले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १० औँ वर्ष सफलता पुर्वक पार गरी ११ वर्ष लगेको अवसरमा कम्पनीले आफ्ना ग्राहकलाइ उच्चतम प्रतिफल दिने स्पस्ट पारेका थिए ।
१५० जनाको सहाभागीता रहेको उक्त र्कायक्रममा पोखरा विश्वविद्यालयका स्ववियु सभापति सुनिल तिमिल्सेना तथा Study Group Of Banking and Insurance का अध्यक्ष विनिता थापा लगायत सुभकामना मन्तव्य राखेका थिए ।

गुराँस लाइफ इन्स्योरेन्स कं.लि.का क्षेत्रीय कर्मचारी श्यामप्रसाद तिमिल्सेना तथा उमकान्त वरालले सहजीकरण गरेको उक्त र्कायक्रमको सञ्चालन गुराँस लाइफ इन्स्योरेन्स कं. लि.का क्षेत्रीय मार्केटिङ्ग अधिकृत प्रकास रेग्मीले गरेका थिए ।