प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तथा सेनेटरी प्याड वितरण कार्यक्रम


पोखरा । सिद्धार्थ क्लब पोखराले पोखरा लेखनाथ २१ स्थित भविष्य निमार्ण विद्यालयमा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न गर्यो ।

किशोरीहरु प्रजनन स्वास्थ सम्बन्धी सचेत रहन अभिमुखीकरण कार्यक्रमले सहयोग गर्ने र विद्यालय समयमा महिनावरीका कारण किशोरीहरुमा हुने असहजताले पठन पाठननै अवरुद्ध हुने समस्यालाई प्याड वितरण कार्यले केही हद सम्म हल गर्ने विश्वास व्यक्त गर्दे सिद्धार्थ क्लबका अध्यक्ष रवि मर्सानीले विद्यालय बालबालिका स्वास्थ्य मैत्रि हुनु पर्नेमा जोड दिनुभयो । साथै उहाले प्रजनन स्वास्थ्य एक महत्वपूर्ण सवाल रहेको हुदा किशोरी अवस्थादेखीनै यस बारे ध्यान दिनु पर्ने भनाइ राख्नुभयो।

विध्यालयका प्रधनाध्यापक राजेन्द्र सापकोटाले क्लबले विध्यालयमा विगत देखि सहयोग गरिरहेको सन्दर्भ चर्चा गर्दै शिक्षा क्षेत्र सुधारमा कार्यक्रमले सहयोग गर्ने, बालबालिकाको स्वास्थ्यका बारे ध्यान राख्दै विध्यालयले पनि कार्यक्रमहरु आयोजना गर्ने र दाताहरुबाट प्राप्त सहयोगको सहि सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विध्यालयमा गठित सेफटी प्याड व्यवस्थापन समितिका सदस्य स्मृती थापाले विध्यालय समयमा किशोरीहरुमा महिनावारी हुदा विध्यालय बाट घर जाने स्थितीमा केही सुधार आएको जानकारी गराउदै पठन पाठनमा सामान्य देखीने यस सेफटी प्याड सहयोगले महत्वपूर्ण भुमिका रहेको भनाइ राखिन । कार्यक्रमका सहजकर्ता धन कुमारी कुवँरले किशोरीहरुलाई दिइएको प्रजनन सम्बन्धी जाकारीले किशोरीको स्वास्थ हेरचाहमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आफनो स्वास्थ प्रति सधै सजक रहन अनुरोध गर्नुभयो ।

चरक एकेडेमिका धनकुमारी कुँवर र अस्मीता बरालले प्रजनन स्वास्थ्य सम्बन्धी सहजिकरण गर्नुभएको कार्यक्रम संचालन सचिव विनोद श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको उद्धश्य बारे प्रथम उपाध्यक्ष पार्वती माकाजूले प्रकाश पर्नुभएको थियो । कर्यक्रममा विध्यालयलाई १५० थान सेफटी प्याड वितरण गरिएको थियो ।