श्रीकृष्णको निधनले पुर्व राजा ज्ञानेन्द्र शाह दुखी


काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले चलचित्र नायक श्रीकृष्ण श्रेष्ठको असमायिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँको सचिवालयले आज जारी गरेको शोक वक्तव्यमा श्रेष्ठको निधनले नेपाली कलाकारिता क्षेत्रमा ठूलो क्षति पुगेको बताउँदै उहाँको आत्माको शान्तिको कामना गरिएको छ ।

करिब दुई दशकदेखि नेपाली चलचित्रको विकासमा क्रियाशील श्रेष्ठको हाडको क्यान्सर तथा निमोनियाका कारण भारतमा उपचारको क्रममा ४७ वर्षको उमेरमा निधन भएको थियो । रासस