ब्यक्तिगत झगडा वा पदको भागबण्डाका लागि पार्टी भित्रको टकराव होइन- भट्टराई


काठमाडौ, साउन २४ –
एकीकृत नेकपा माओवादी भित्र तिब्र बिबादको चर्चा भइरहेको बेला नेता बाबुराम भट्टराईले एमाओवादी भित्रको विवाद विचार, राजनीति, संगठनको विकास र रुपान्तरणसहित नयाँ शक्ति निर्माणको निम्ति भएको बताएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नयाँ शक्ति निर्माणको वहसलाई पार्टी भित्रको टकराव कुनै ब्यक्तिगत झगडा वा पदको भागबण्डाका लागि नभएको स्पष्ट पारेका हुन् ।
उनले फेसबुकमा लेखेका छन् “‘केही मान्छेहरुको दिमाग तीस वर्ष पुरानो फ्रीजमा बन्द हुनु र नयाँ वैचारिक बहसभन्दा पुरानै ग्वेबेलियन दुष्प्रचारमा उत्रनु दु:खद कुरा हो ” ।