पोखराको लेकसाईड र न्युरोड क्षेत्रमा सोलार वत्ती बल्न थाल्यो


पोखरा २२, साउन
पोखराको पर्यटकीय क्षेत्र लेकसाईड तथा न्युरोड क्षेत्रको सडकमा सोलार वत्ती जडानसंगै वत्ती बल्न थालेको छ । लेकसाईडको सडकमा १ सय २ र न्युरोडको सडकमा ८९ वटा पोलहरु १५÷१५ मिटरको दुरीमा सौर्य वत्ति जडान सम्पन्न भएसंगै वत्ती बल्न थालेको पोखरा उपमहानगरपालीका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले बताए ।

सौर्यदय उर्जा कम्पनिले लेकसाईड तथा न्युरोड क्षेत्रमा सौर्य वत्ती जडान गर्ने गरी टेण्डर पारेको थियो । सीआईजीले प्राविधिक सहयोग गरेको हो । उक्त सौर्यवत्तीको लागि २ करोड २४ लाखको योजना रहेकोे अधिकारीले बताए । यसमा २० प्रतिशत उपभोक्ता समिति, २५ प्रतिशत पोखरा उपमहानगरपालीका कार्यालयबाट र ५५ प्रतिशत नेपाल सरकार बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रले सहयोग गरेको अधिकारीले जनाए । पोल राख्ने क्रममा नाङगो तार परेका १२ वटा बिजुलीका पोलहरु समेत हटाइएको उनले जनाए । सौर्यवत्तीमा ४० वाटको वल्व राखिएको छ ।

पोखरा उप–महानगरपालीका कार्यालय, लेकसाईड निजि क्षेत्र (पोखरा पर्यटन परिषद), न्युरोड निजि क्षेत्र (नयाँ सडक सुधार समिति), बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रको संयुक्त लगानीमा लेकसाईड र न्युरोडको सडकमा सोलार वत्ती जडान भएको हो ।

लोडसेडिङका कारण अध्यारोमा हिडडुल गर्नुपर्दा असहज तथा असुरक्षा महसुस गरेकोले पनि नगर क्षेत्रका मुख्य दुई क्षेत्रबाट उक्त अभियान सुरु भएको विस्तारै पोखरा क्षेत्रमा यसलाई विस्तार गर्ने योजना भएको नगरपालीकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले बताए । उनले पोखरालाई नमुना सहरको रुपमा पनि विकास गराउन नगरपालीलाई लागि परेको बताए । आगामी ३ बर्षमा पोखराका मुख्य चोकहरुमा सौयवक्ती जडान गरीने उनले बताए । यस आर्थिक बर्ष २०७१÷०७२ मा सौर्य वत्ती जडान गर्न ८० लाख रुपैया विनियोजन गरीएको अधिकारीले जनाए । पोखराका मुख्य चोकका व्यक्तिहरुको मागको आधारमा सहयोग गर्न सकिने उनले जनाए ।
यसैबीच, सोलार वत्तीको आज औपचारिक उद्घाटन गरिदैछ । लेकसाईडको वराहीचोकमा साँझ ६ बजे हुने कार्यक्रमको उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुहुनेछ ।