एक सय जना व्यक्तिहरुलाई पोखरामा नागरिक अभिनन्दन गरिने(सुचि सहित)


?

पोखरा – ‘हाम्रो गौरव राष्ट्रिय सान, १०० वर्षमा १०० जना सम्मान’ नाराका साथ राज्यका विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने एक सय जना व्यक्तिहरुलाई पोखरामा नागरिक अभिनन्दन तथा रथारोहण सहित विशेष सम्मान गरिने भएको छ । लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षको अवसरमा आयोजित विशेष कार्यक्रमबीच फागुन २६ गते एक सय जनालाई सम्मान कार्यक्रम आयोजना गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लायन्स स्थापनाको शतवार्षिकी कार्यक्रम मनाउने क्रममा पोखरामा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको आयोजक लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले जानकारी दिए । ‘लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्ष पुरा गरेको सन्दर्भमा हामीले विशेष कार्यक्रम आयोजना गरेका छौं,’ उनले भने, ‘जात, धर्म, वर्ण, लिङ्ग तथा राजनीतिभन्दा माथि उठेर विशुद्ध सामाजिक सेवामा एक छुट्टै पहिचानका बनाई लायन्स अगाडि बढिरहेको सन्दर्भमा यस वर्ष आफ्नो स्थापनाको शताब्दीऔ वर्ष मनाइरहेका छौं ।’

समाजमा विशेष्ट योगदान पु¥याएका एक सय जना व्यक्तित्वहरुलाई शतवार्षिकी समारोहबीच नागरिक अभिनन्दन तथा रथारोहण समेत गराउने कार्यक्रममा देशभरबाट २५ हजार भन्दा बढीको उपस्थिति रहने आचार्यले बताए । ‘व्यक्तिगत लाभभन्दा माथि उठेर राज्य एवं समाजमा विशेष योगदान पु¥याएका मेचीदेखि महाकालीसम्मका छनौटमा परेका एक सय जनालाई सम्मान गर्नेछौं,’ उनले भने, ‘प्रतिष्ठित एवं सम्मानित व्यक्तित्वहरुलाई पोखरा सभागृहबाट रथमा चढाई नगर परिक्रमा गराई पोखरा प्रदर्शनी केन्द्रमा बसी एक भव्य समारोहका बीच नागरिक अभिनन्दन गर्नेछौं ।’

आजभन्दा सय वर्ष अगाडि प्रथम विश्वयूद्धबाट क्षतविक्षत भएको तत्कालीन समाजमा मानवीय सेवा, मानिसहरु बिच दुःखमा समवेदना प्रकट गर्न तथा घाउमा मलमपट्टी लगाउने उद्देश्यसहित लायन्सको स्थापना भएको आचार्यले बताए । ‘लायन्स क्लब्स अन्तर्राष्ट्रिय आजसम्म आइपुग्दा संसारकै सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सामाजिक संस्थाका रुपमा स्थापित भएको छ,’ आचार्यले भने, ‘हाल संसारका २११ देशमा शिक्षा, स्वास्थ्य र वातावरण एवं पर्यावरण संरक्षणमा विशेष योगदान पु¥याउँदै आएको लायन्स नेपालमा बिगत ४७ वर्षदेखि विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय रुपमा क्रियाशील छ ।’

नेपालका पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला संस्थापक अध्यक्ष रहेको यस संस्थाले अन्धोपन निवारण, स्वास्थ्य जनचेतना, आँखा अस्पताल एवं शिक्षण संस्थाहरुको विकास र बिस्तारमा उल्लेखनीय योगदान पु¥याएको आचार्यले बताए । शतवार्षिकी कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको डिष्ट्रिक्टका क्याबिनेट सेक्रेटरी चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षमा गभर्नर बनेका आचार्यले विभिन्न सय वटा कार्यक्रमहरु सार्वजनिक गरेका थिए । सय वटा कार्यक्रममध्ये शतवार्षिकीको मुख्य कार्यक्रम सय जना व्यक्तिहरुलाई सम्मान तथा रथारोहण रहेको उनले बताए । नेपालमा लायन्सलाई फरक धारबाट ब्राण्डिङ गर्ने लक्ष्यसहित आचार्यकै अगुवाईमा ‘पढाऔं अभियान’ कार्यक्रम अगाडि बढिरहेको छ । उक्त अभियानका लागि ५ करोड ५० लाख रुपैयाँ भन्दा बढीको प्रतिबद्धता आइसकेको आचार्यले बताए ।

सम्मानितको नाम ठेगाना क्षेत्र वा विधा विस्तृत विवरण
आचार्य बालकृष्ण Acharya Balkrishna स्याङ्जा दर्शन तथा जागरण पतञ्जली
अमृत गुरुङ Amrit Gurung कास्की संगीत तथा संस्कृति पप संगीत (नेपथ्य ब्याण्ड)
अनुराधा कोइराला Anuradha Koirala काठमाडौँ महिला तथा बालबालिका प्रदेश प्रमुख – प्रदेश नं. ३
बैकुण्ठ मानन्धर Baikuntha Manandhar खेलकुद एथ्लेटिक्स
बैरागी काइँला Bairagi Kainla काठमाडौँ भाषा साहित्य प्रज्ञा प्रतिष्ठान
बमबहादुर कार्की Bam Bahadur Karki संगीत तथा संस्कृति लोक संस्कृति
वसन्त केशव पराजुली Basanta Keshab Parajuli सामाजिक सेवा हजारौँ वृद्धवृद्धाहरुको संरक्षण
बसन्तकुमार सम्मा नेपाल Basanta Kumar Samma Nepal शिक्षा क्षेत्र लेखक
भिक्षु मैत्रेय Bhikshhu Maitriya दर्शन लुम्बिनी क्षेत्र विकास
ब्रह्मकुमारी दिदी परिणता Bhrahamakumari Didi Paridata दर्शन तथा जागरण ओमशान्ति
भुवन चन्द Bhuwan Chanda कलाकारिता
विजय लामा Bijaya Lama विशेष कार्य – पाइलट
विकल शेरचन Bikal Sherchan मुस्ताङ शिक्षा क्षेत्र मोटिभेसनल स्पिकर
बिना कुमारी सिलवाल Bina Kumari Silwal धादिङ महिला तथा बालबालिका कोपिला नेपाल
विनोद चौधरी Binod Chaudhary उद्योगी तथा व्यवसायी चौधरी ग्रुप
विरेन्द्र बहादुर बस्नेत Birendra Bdr. Basnet पर्यटन वुद्ध एयर
ब्याकुल माइला Byakul Maila संगीत तथा संस्कृति राष्ट्रिय गानका सर्जक
चन्द्र ढकाल Chandra Dhakal रेमिटेन्स आइएमइ
कोलिन स्मिथ(पुतली बाजे) Kolin Smith Putali Baje विदेशी नागरिक पुतली अनुसन्धान
दिपक विष्ट Deepak Bista खेलकुद तेक्वान्दो
धिरेन्द्र प्रेमर्षि Dhirendra  Premarsi मैथिली भाषा साहित्य तराई जागरण
दिन दयाल अग्रवाल Dindayal Agrawal झापा गौरक्षा रंगेली
डा. भगवान कोइराला Dr. Bhagawan Koirala स्वास्थ्य कार्डियोलोजिस्ट
डा. विद्या प्रसाद पन्त Dr. Bidhya Prasad Panta कैलाली स्वास्थ्य आँखा रोग
डा. ध्रुवचन्द्र गौतम Dr. Dhruba Chandra Gautam काठमाडौँ भाषा साहित्य आख्यान
डा. गोविन्द टन्डन Dr. Govinda Tandan सामाजिक सेवा मानव सेवा आश्रम
 डा. जगदिश अग्रवाल Dr. Jagadish Agrawal स्वास्थ्य वरिष्ठ फिजिसियन
डा. जगमान गुरुङ Dr. Jagman Gurung संस्कृति प्राध्यापन – खोजअन्वेषण
डा. मोदनाथ प्रश्रित Dr. Modnath Prasrit संस्कृति तथा इतिहास राष्ट्रिय एकता दिवस
डा. मृगेन्द्र राज पाण्डे Dr. Mrigendra Raj Pandey स्वास्थ्य मिर्गेन्द्र सम्झना स्वास्थ्य
डा. रामप्रसाद पोखरेल Dr. Ram Prasad Pokhrel स्वास्थ्य आँखा रोग ÷ नेत्रज्योति संघ
डा. सन्दुक रुइत Dr. Sanduk Ruit स्वास्थ्य आँखा रोग विशेषज्ञ
डा. शंकरमान राई Dr. Shankar Man Rai स्वास्थ्य स्किन बैँक
डा. तारानाथ शर्मा Dr. Taranath Sharma काठमाडौँ भाषा साहित्य
दुर्गा बराल “वात्सायन” Durga Baral ‘Batsayan’ कास्की कला कार्टनिस्ट
इरादेवी थैव Eradevi Thaiba रुपन्देही महिला तथा बालबालिका महिला सशक्तीकरण
गणेश बहादुर श्रेष्ठ Ganesh Bahadur Shrestha कास्की उद्योगी तथा व्यवसायी विन्ध्यवासिनी धार्मिक क्षेत्र
जर्ज जोन÷एलियामा जोन George John / Eliyama John शिक्षा क्षेत्र पश्चिम नेपालको अद्धितीय ज्योति
गोपाल ठाकुर Gopal Thakur भाषा साहित्य
गोबिन्द प्रसाद श्रेष्ठ Govinda Prasad Shrestha शिक्षा क्षेत्र रत्न पुस्तक भण्डार
हरिप्रसाद पाण्डे Hari Prasad Pandey उद्योगी तथा व्यवसायी छोरीलाई प्राविधिक शिक्षा
हरिवंश आचार्य Haribansha Acharya कलाकारिता हास्यव्यंग्य कला
हरिभक्त शर्मा Haribhakta Sharma उद्योगी तथा व्यवसायी देउराली जनता फर्मासिउटिकल्स
हरिदेवी कोइराला Haridevi Koirala कास्की संगीत तथा संस्कृति लोक संगीत
 हेमानन्द गिरी Hemananda Giri संस्कृति प्रस्तावित शंकराचार्य
हिमालय सम्शेर जबरा Himalaya Shumsher JaBaRA काठमाडौँ बैँक ÷ अर्थतन्त्र बैङ्किङ
इन्दिरा राना मगर Indira Rana Magar महिला तथा बालबालिका कैदीबन्दीका सन्तानलाई शिक्षा
कमलनयन गौतम Kamal  Nayan Gautam सामाजिक सेवा राष्ट्रिय परोपकार अभियान
 काशी नाथ न्यौपाने Kashi Nath Neupane संगीत तथा संस्कृति वेदव्यास बारेको अन्वेषण
केदारभक्त माथेमा Kedar Bhakta Mathema शिक्षा क्षेत्र उच्च शिक्षा नियमन
खड्ग गर्बुजा Khadga Garbuja म्याग्दी संगीत तथा संस्कृति लोक संस्कृति
कृष्णजङ शाह Krishna  Jung Shah स्वास्थ्य आँखा अस्पताल
कुलमान घिसिङ Kulman Ghising विशेष कार्य – इन्जिनियर लोडसेडिङको क्षेत्रमा
कुन्ती मोक्तान Kunti Moktan संगीत गीतसंगीत
ललितबहादुर बस्नेत Lalit Bahadur Basnet मानवअधिकार तथा सामाजिक सचेतना मजदुर जागरण
लक्ष्मीदास मानन्धर Laxmi Das Manandhar उद्योगी तथा व्यवसायी ज्येष्ठ नागरिक सम्मान अभियान्ता
लेखबहादुर क्षेत्री Lekh Bahadur खेलकुद महिला क्रिकेट अभियान्ता
लिली थापा Lili Thapa महिला तथा बालबालिका एकल महिला सशक्तीकरण
लक्की क्षेत्री Luckky Chhetri कास्की महिला तथा बालबालिका टुरिजम
मदनकृष्ण श्रेष्ठ Madan Krishna Shrestha कलाकारिता हाँस्यव्यँग्य ÷ कलाकारिता
माधवप्रसाद घिमिरे Madhav P. Ghimire काठमाडौँ भाषा साहित्य राष्ट्रकवि
मैयादेवी श्रेष्ठ Maiyadevi Shrestha चितवन शिक्षा क्षेत्र विद्यालय, कलेज संस्थापक
मनिषा कोइराला Manisha Koirala कलाकारिता नेपाली मुभीको देशबाहिर ब्राण्डिङ
नारायण रायमाझी Narayan Rayamajhi पाल्पा संगीत तथा संस्कृति लोक संस्कृति
निलप्रसाद भण्डारी Nil Prasad Bhandari कृषि, वन तथा पशुपालन सामुदायिक वन
निर शाह Nir Shah कलाकारिता टेलिभिजन, फिल्म कलाकारिता
पदम बहादुर गुरुङ Padam Bahadur Gurung मानवअधिकार तथा सामाजिक सचेतना ब्रिटिश आर्मी
प्रभाकर समशेर राणा Prabhakar Shumsher Rana पर्यटन होटल सोल्टी
प्रदिप नेपाल(सञ्जय थापा) Pradip Nepal (Sanjaya Thapa) काठमाडौँ भाषा साहित्य प्रगतिशील साहित्य
प्रेमध्वज प्रधान Premdhoj Pradhan काठमाडौँ संगीत तथा संस्कृति आधुनिक गीत
प्रेमराजा महत Prem Raja Mahat तनहुँ संगीत तथा संस्कृति लोक संगीत
पुष्करलाल श्रेष्ठ Puskar Lal Shrestha पत्रकारिता पत्रकारिता÷मनोरञ्जन
रवि लामिछाने Rabi Lamichhane पत्रकारिता सिधाकुरा जनतासँग
 राजेन्द्र राज पन्त Rajendra Raj Panta कृषि, वन तथा पशुपालन गाइपालक
राजेश हमाल Rajesh Hamal कलाकारिता महानायक – कलाकारिता
रामआशिष यादव Ramashshish Yadav धनुषा सामाजिक सेवा गंगासागर संरक्षण
रामचन्द्र तिमोथी Ramchandra Timothi शिक्षा क्षेत्र एकता पब्लिकेशन
रामेश, रायन Ramesh, Rayan संगीत तथा संस्कृति गाउँगाउँबाट उठ ……
रामप्रित पासवान Ramprit Paswan मानवअधिकार सामाजिक जागरण
रेवती रमण ÷ शान्ता पौडेल Rewati Raman  / Shanta Poudel सामाजिक सेवा सर्वस्व दाता (लायन्स अस्पताल)
शम्भुजित बास्कोटा Sabhujit Baskota संगीत तथा संस्कृति संगीतकार
सानुबाबु सुनुवार Sanubabu Sunuwar पर्यटन प्याराग्लाडिङ
सरुभक्त Sarubhakta कास्की भाषा साहित्य प्राज्ञ÷ साहित्य
सत्यमोहन जोशी Satyamohan Joshi संस्कृति संस्कृतिविद्
सुवर्ण वैद्य (घाटे वैद्य) Suwarna Baidhya काठमाडौं स्वास्थ्य आयुर्वेद
शान्ता चौधरी Shanta Chaudhary मानवअधिकार तथा सामाजिक सचेतना कमलरी प्रथा
शान्ति नारायण श्रेष्ठ Shanti Narayan Shrestha पर्वत भाषा साहित्य नेपाली भाषा साहित्य
सिद्धिलाल श्रेष्ठ Siddilal Shrestha मकवानपुर स्वास्थ्य आँखा अस्पताल
सिताराम कट्टेल र कुञ्जना घिमिरे Sitaram Kattel & Kunjana Ghimire सामाजिक सेवा संयूक्त आवास ÷ कलाकारिता
सोनाम साङ्पो Sonam Sangpo सामाजिक सेवा दर्जनौँ विद्यालय निर्माणका अभियान्ता
सुभाष गोयल Subas Goyal सामाजिक सेवा रक्तदानका अभियान्ता
स्वामी अरुण आनन्द Swami Arun Ananda दर्शन तथा जागरण मोटिभेसन
ताकासी मियाहारा Takasi Miyahara पर्यटन विदेशी नागरिक
टेकनाथ बराल Teknath Baral कास्की मानवअधिकार तथा सामाजिक सचेतना ६५ वर्ष भन्दा बढी अविछिन्न रुपमा सक्रिय
तीर्थ श्रेष्ठ Tirtha Shrestha कास्की भाषा साहित्य मुक्तकको संस्थागत विकास
तोरण कार्की Toran Bahadur Karki भोजपुर कृषि, वन तथा पशुपालन बागवनी
तुलसी घिमिरे Tulasi Ghimire कलाकारिता कलाकारिता
यादव खरेल Yadav Kharel कलाकारिता चलचित्र उद्योग
यामबहादुर शाक्य Yam Bahadur Shakya सामाजिक सेवा विद्यालय स्थापनामा अग्रणी भूमिका
योगी विकासानन्द Yogi Bikasananda भक्तपुर दर्शन, जागरण मनोक्रान्ती