विश्व वन्यजन्तु दिवस पोखरामा मनाइयो


पोखरा – विश्व वन्यजन्तु दिवसको अवसरमा पोखरामा वन्य जन्तु संरक्षण सचेतना कार्यक्रम गरि पोखरामा मनाइएको छ । पोखराको वन विज्ञान अध्ययन संस्थानको हरित संस्था विभागको आयोजनामा वन्यजन्तु संरक्षणमा केन्दित रहेर शनिवार संरक्षण ¥याली आयोजना गरियो । पोखराको सहिद चोकवाट सुरु भएको ¥याली लेकसाइडको हल्लनचोकमा पुगेर ¥यालीमा सहभागी बिद्यार्थीले वन्यजन्तु संरक्षणमा आधारित सडक नाटक समेत प्रस्तुत गरेका छन् ।

बढ्दो वन्यजन्तु व्यापार रोक्न, संकटमा परेका ठुला बिराला (बाघ, हिउँ चितुवा, चितुवा) लगाएत वन्यजन्तु संरक्षण गरि पर्यवरणीय सन्तुलन कायम गर्न सन्देश दिने उद्देश्यले सडक नाटक प्रस्तुत गरिएको तीन दिने कार्यक्रमका संयोजक नरेश खनालले जानकारी दिए । विश्वका पाइने आठ ठूला बिराला प्रजातिमध्ये नेपालमा चितुवा, ध्वासे चितुवा, हिउँ चितुवा, र बाघ पाइन्छ ।

पछिल्लो समयमा चोरी सिकार र अवैध व्यापार गर्दा ठुला बिराला प्रजाति संकटमा पर्दै गएका छन् । यस बर्षको विश्व नारा ठुला बिराला (बाघ, हिमचितुवा, चितुवा) संकटमा छन संरक्षण गरौं भन्ने नाराका साथ वन्यजन्तु दिवस विश्व भर मनाइएको हो । एएसिडी, युुएनसी, क्लाइमेटस नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा शनिवार ठुला बिरालाको संरक्षण सम्वन्धी नारा लेखिएका प्लेकार्ड सहित ¥याली समेत आयोजना गरिएको थियो ।

तीन दिन सम्म मनाइने विश्व वन्यजन्तु दिवस पोखरामा संरक्षण संग सम्वन्धि निवन्ध प्रतियोगिता र ठुला बिरालाको संरक्षण सम्वन्धमा अन्तरक्रिया र पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने कार्यक्रमका संयोजक खनालले बताए ।
चोरी सिकार र अवैध व्यापार वन्यजन्तु संरक्षणमा चुनौती हो । विकास संगै हुने वन्यजन्तुको बासस्थान विनासले पनि वन्यजन्तु संकटमा पर्दै गएको अशोक सुवेदी सुनाए ।

मानवीय र प्राकृतिक कारण संकटमा पर्दै गएका वन्य जन्तुको संरक्षणमा नागरिकले हातेमालो गर्नु पर्ने अर्का संरक्षण अधिकृत ऋषि बरालले बताए । नेपाल सरकाले वन्यजन्तु संरक्षण प्रभावकारी रुपमा हुनु पर्ने सर्प संरक्षण नेपालका महेन्द्र कतिलाले सुनाए । कार्यक्रम राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पोखरा र प्रकृतिका साथीहरुको सहयोगमा भएको थियो ।