पोखराको ट्राफिक जाम हटाउने योजना ल्याउन मन्त्री चुमानको निर्देशन


पोखरा – आन्तरीक मामीला तथा कानुनमन्त्री हरि बहादुर चुमानले पोखराको ट्राफिक जाम हटाउने योजना ल्याउन सुरक्षा निकायलाई निर्देशन दिएका छन ।

बुधबार पोखरामा कास्की जिल्लामा रहेका बिभिन्न प्रहरी अड्डाका प्रमुख तथा प्रदेश प्रमुख सहितको सुरक्षा ब्रिफिङ्गमा मन्त्री चुमानले तत्काल जनताले राहत महसुश गर्ने खालका सुरक्षा योजना ल्याउन सुरक्षा निकायलाई र्निदेशन दिएका हुन । पोखरामा अहिले बढीरकेको ट्राफिक जामलाई कम गर्ने आबस्यक पर्ने निति अबलम्वन गर्न मन्त्रालय तयार रहेको स्पष्ट पार्दे उनले सो संबन्धी काम सुरु गर्ने भनेका छन । मन्त्री चुमानले अहिले केन्द्र र प्रदेश सरकार सञ्चालनको बिचमा रहेको संक्रमणकालिन समयको सकारात्मक प्रयोग गरी परिणाम निकाल्न तिर सबैको ध्यान जान अबस्यक रहेको बताए । अन्यौलता छ भनेर आराम गर्ने होईन, प्रदेशलाई गति दिने र जनचाहना अनुसारको परिणाम निकाल्न तिर ध्यान दिन उनले प्रहरी नेतृत्वलाई सुझाव दिए । संघियता कार्यान्वयन अहिलेको मुख्य बिषय भएकाले प्रहरी पनि अहिलेको प्रचलित नति र कानुन अनुसार परिमार्जन हुन आबस्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा प्रदेश नं ४ का प्रहरी प्रमुख कमल सिंह बमले प्रदेश ४ मा करिव ५ हजार प्रहरी अभाव हुने बताए । अहिलेको अबस्थामा पनि करिव १ हजार प्रहरी दरबन्दी भन्दा कम भएको भन्दै उनले संघियताको मागको सिद्धान्त अनुसार ५ हजार प्रहरी बिभिन्न दर्जामा भर्ना गर्न आबस्यक रहेको प्रतिबेदन पेश गरेका थिए । प्रदेश ४ अपराध अनुसन्धानका लागि त्यति जोखिम प्रदेश नभएपनि अन्य जिल्लाको तुलानामा कास्कीमा अध्याधिक अपराधका घटना हुने बमले जानकारी दिए । २० लाख ९२ हजार १ सय ५३ जनसंख्या रहेको ४ नंम्वर प्रदेशमा हाल ६ हजार २ सय ९५ प्रहरीको दरबन्दी छ । कार्यरत प्रहरीको संख्या ५ हजार ४ सय २८ छ । अब ११ हजारको संख्यामा प्रहरी दरबन्दी पुर्याउन आबस्यक रहेको प्रहरीको प्रतिबेदनमा उल्लेख गरिएको छ । प्रहरीको अपराध अनुसन्धानका लागि आबस्यक प्रबिधिको अभाव,प्रहरी चौकी समेत नहुनु जस्ता कुराले प्रदेश प्रहरीले सोचेजस्तो हौसला नपाएको भन्दै त्यस तर्फ ध्यान दिन प्रहरीले अनुराध गरेको छ । हाल १ सय ९ प्रहरी ईकाईहरु भाँडामा बस्दै आएको बताईएको छ । त्यसै गरिसवारी साधानकोे पनि अभाव रहेको सो अबसरमा जानकारी गराईयो । भएका सवारी साधन पनि पुराना र काम नलाग्ने अबस्थामा पुगीसकेको प्रहरीको भनाई छ ।

सुरक्षा ब्रिफिङ्ग सुनिसकेपछि आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले आबस्यक पुर्वाधारको बिकास गर्दे सुरक्षा र अपराधमा सुन्य सहनशिलताको निति अपनाएर काम गर्ने प्रतिबद्धता जनाए । सु–सासन कायम गराउन सबै विकल्प प्रयोग गरिने उनले स्पष्ट पारे । बिधिको सासन कायम गरेर प्रदेश लाई मोडेल प्रदेशको रुपमा बिकास गराउने आफुहरुको चाहनामा साथ दिन उनले प्रहरी प्रमुखहरुलाई आग्रह पनि गरेका थिए ।