लोककवि अली मियाको जन्मजयन्ती मनाइयाो


पोखरा – लोककवि अली मियाको १००औं जन्मजयन्ती समारोह पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विगत ६ दशक अघिदेखि शिक्षा र समाजसेवाका क्षेत्रमा सेवारत गणेशबहादुर गुरुङलाई अली मिया“ शतक सम्मान प्रदान गरिएको छ ।

जिसीले मन्तव्यका व्रmममा लोक संस्कृति हाम्रो पहिचान भएकाले यसको संरक्षण र सम्बद्र्धनमा सबै सचेत हुनुपर्ने र महानगर सबैको साथमा रहिरहनेछ बताए । अलीमिया“को शतक जन्मजयन्ती अन्तर्गत यस वर्ष पूर्णकदको शालिक निर्माण, अलीमिया“ पार्क, पुस्तकालय एवम् सङ्ग्रहालयको निर्माण गर्ने अभियानमा महानगर प्रतिष्ठानस“ग सहकार्य गर्न इच्छुक रहेको उनको भनाई छ ।

कार्यव्रmममा लोक साहित्य र लोककविको योगदानका बारेमा प्रा.डा. रविलाल अधिकारी, हरिदेवी कोइराला, सम्मानित व्यक्तित्व गणेशबहादुर गुरुङ, वडाध्यक्ष दर्शन लामा, डा. कुसुमाकर न्यौपाने, प्राध्यापक तारा बराल, पद्मराज ढकाल लगाएतले चर्चा गरेका थिए ।

अलीमिया लोकवाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यव्रmमको सञ्चालन सचिव पद्मराज ढकाल, स्वागत उपाध्यक्ष हरिदेवी कोइारला र सभापतित्व प्रतिष्ठानका अध्यक्ष हनिफ मियाले गरेका थिए ।