मन्त्री चुमानद्धारा निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थलको निरिक्षण


पोखरा – आन्तरिक मामला तथा कानून मन्त्री हरीवहादुर चुमानले निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थलको  निरिक्षण गरेका छन् । मन्त्री चुमानसँगै पोखरा क्षत्रिय अन्तराष्ट्रिय विमानस्थल उच्चस्तरीय सरोकार समितिका पुर्व अध्यक्ष राजकाजी गुरुङ सहित गएको एक टोलीले विमानस्थलको हालसम्म भए गरेका कार्यप्रगतकिो वारेमा जानकारी लिएको हो ।

राष्ट्रिय गौरवको आयोजना सवैको चासोको विषय वनेको भन्दै मन्त्री चुमानले समयमै कार्यसम्पन्न हुनेगरी निर्माणकार्य अगाडी वढाउन आयोजना प्रमुखलाई निर्देशन दिए ।

अन्तरराष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुनसके पर्यटन मार्फत यस क्षेत्रको आर्थिक समृद्धीमा टेवा पुग्ने वताउदै मन्त्री चुमानले यसवाट चार नं प्रदेशलाई नमुना प्रदेश वनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । आफ्नै स्रोत साधनलाई परिचालन गरेर यो प्रदेशलाई सुविधा सम्पन्न वनाउन प्रदेश सरकार कटिवद्ध रहेको भन्दै मन्त्री चुमानले यसवाट अन्तराष्ट्रिय व्यापार र सम्वन्धलाई समेत थप मजवुत वनाउन सकिने स्पष्ट पारे ।

मन्त्री चुमानले अन्तराष्ट्रिय विमानस्थल निर्माणका क्रममा कुनै अवरोध सृजना भए समयमै प्रदेश सरकारलाई जानकारी गराउन पोखरा अन्तराष्ट्रिय विमानस्थल आयोजना प्रमुख तथा कर्मचारीलाई निर्देशन दिए । ‘विमानस्थल निर्माणका क्रममा कुनै समस्या आए जानकारी हुनासाथ तत्काल समाधान गर्न प्रदेश सरकार तयार छ’ उनले भने । यस अघि आयोजना प्रमुख विनेश मुनाकर्मीले आयोजनाको हालसम्म भएको कार्यप्रगती वारे मन्त्री चुमानलाई अवगत गराएका थिए ।

सन २०१७ जुलाई महिनावाट काम सुरु गरेको आयोजनाले हालसम्म चार वर्षमा पुरागर्नुपर्ने कामको जम्मा ६ प्रतिशत काम सम्पन्न गरेको आयोजना प्रमुख मुनाकर्मीले जानकारी दिए । विमानस्थल निर्माणका लागी अहिले धमाधम जग्गा सम्याउने र भौतिक संरचनाहरु निर्माणगर्ने कार्य भएको छ । विमानस्थल निर्माणका लागी २०३२ सालदेखी ३१०६ रोपनी जग्गा अधिग्रहण गरिएको मा आर्थिक वर्ष २०७१÷०७२मा ५०६ रोपनी जग्गा थप अधिग्रहण गरीएको थियो । निमाृण कार्यलाई तीव्रता दिन थप २१ वटा डोजर तथा स्काभेटर ल्याईएको छ