चरीको सुनियोजित हत्या -एमाले अध्यक्ष ओली,छानबीनका लागि पार्टीले पहल गर्ने आश्वासन


काठमाडौं, साउन २२

– एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनेश अधिकारी चरीको सुनियोजित हत्या भएको भन्दै छानबिन समिति बनाएर टुंग्याउनुपर्ने धारणा राखेका छन् ।

एमाले मुख्याल बल्खु पुगेका घेराउ गर्न पुगेका धादिङका एमाले कार्यकर्ता तथा चरीका परिवारलाई सम्बोधन गर्दै ओलीले छानबीनका लागि पार्टीले पहल गर्ने आश्वासन दिएका हुन् ।

जवाफी फायरिङमा मारिएका भनिएको भनिएका अधिकारीको मृत्युबारे परिवार र आफन्तले प्रश्न उठाएपछि छानबिन समिति बनाउनुपर्नेमा जोड दिए ।

अधिकारी समर्थकको भीड बल्खुमा पुगेपछि पार्टी कार्यालयमा उच्च सतर्कता अपनाइएको छ ।
धादिङका एमाले नेता कार्यकर्ता र चरीका आफन्तहरु केन्द्रीय कार्यालय बल्खुमा नाराबाजी गर्दै पुगेका थिए । सभासदहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, गुरु बुर्लाकोटी, हरिवहादुर घले, जिल्ला अध्यक्ष भूमी त्रिपाठी सहितका नेताहरु केन्द्रीय कार्यालयभित्र प्रवेश गरेपनि अरुलाई मुख्यद्धारमै रोकिएको थियो ।