टाईम बम पड्किदा पत्रकार पाण्डे सहित प्रहरी जवान घाइते, घटनाप्रति सर्वत्र निन्दा


पोखरा – नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य घनश्याम पाण्डे समाचार संकलनका क्रममा मंगलवार ( मिति २०७४ फागुन ८ गते ) पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ स्थित विजयपुर पुल नजिकै वम विस्फोट हुँदा सख्त घाईते भएका छन् ।

पत्रकार पाण्डेको पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) मा उपचार भईरहेको छ । आम नागरिकले निर्धक्क भएर स्वतन्त्रता पुर्वक हिड्न पाउनु पर्ने अधिकार सुरक्षित हुँदाहुँदै आतंकित पार्ने उद्धेश्यले बम राखिएको घटना प्रति नेपाल पत्रकार महासंघ कास्की खेद व्यक्त गर्दै घोर निन्दा एवं भत्र्सना गर्दछ । यस घटनाले स्वतन्त्र प्रेस माथीकै आक्रमण भएको ठहर गर्दछ ।

सार्वजनीक स्थानमा वम राखी आतंक सृजना गर्ने वन्दकर्र्ता (नेकपा विप्लव ) समूहलाई आगामी दिनमा यस्ता घटना नदोहो¥याउन वन्दकर्ता नेकपा (विप्लव समूह) लाई आग्रह गर्दै घटनामा संलग्न हुनेलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कार्वाही गर्न प्रशासन सँग जोडदार माग गर्दछौं ।

साथै घाईतेको प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दछौं । घाईते पाण्डे रेडियो गण्डकीका स्टेशन म्यानेजर हुन् । महासंघ कास्की पत्रकार पाण्डेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

पोखराको बिजयपुर खोला नजिकैको सडक टाईम बम पड्किदा पत्रकार घनश्याम पाण्डे र प्रहरी जवान घाईते भएका हुन्।

शंकास्पद बस्तु भएको थाहा भएपछि रिपोर्टिङ गर्न पुगेका पाण्डेको दाहिनेपट्टि टाउको र घाँटीमा चोट लागेको छ ।

यसैवीच प्रेस सेण्टर नेपाल कास्कीका उपाध्यक्ष पाण्डे बम विस्फोटमा परी सख्त घाईते भएको प्रति प्रेस सेण्टर नेपाल कास्कीले आफनो ध्यानाकर्षण् भएको जनाएको छ । प्रेस सेण्टर नेपाल कास्कीले खेद व्यक्त गर्दै उक्त कार्यको भत्र्सना गरेको छ ।

अध्यक्ष विभु भुषालद्धारा जारी विज्ञप्तिमा घाईतेको प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । यस्तै फोटो पत्रकार महासंघ नेपाल कास्कीले पनि घटनाको भत्सना गरेको छ । महासंघ कास्कीका अध्यक्ष एकराज गिरीले विज्ञप्ति जारी गदै सार्वजनीक ठाँउमा बम राखेर आतंकीत गर्नेलाई पक्राउ गरि कावाही गर्न मा गरेका छन् । त्यस्तै प्रेस यूनियन कास्की, रिपोर्ट क्लब कास्की, अनलाइन पत्रकार संघ तदर्थ समितिले घटनाको विरोध गरेका छन् ।

घटना प्रति कास्कीमा रहेका अधिकारकर्र्मीहरूको ध्यानाकर्षण भएको छ । अधिकारकर्मीहरूले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधान तथा कानुनहरूले स्वतन्त्रतापूर्वक पेशा व्यवसाय सञ्चालन गर्न पाउने, बिना रोकतोक आवतजावतगर्न पाउने अधिकार सुरक्षित गरेको हुँदा दोषीलाई पहिचान गरी घटनामा संलग्नलाई कानुनी दायरामा ल्याई घाईतेहरूको निशुल्क उपचारको ब्यवस्था मिलाउन सरकारसंग माग गरेका छन् ।

बरिष्ठ मानवअधिकारकर्मी टेकनाथ वराल,शान्तिकालागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विष्णुप्रसाद वराल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा कार्यालयका संयोजक शिव खकुरेल, मानवअधिकार एलाईन्स कास्कीका अध्यक्ष रामचन्द्र पौडेल, महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीका जानकी शर्मा र मानवअधिकार रक्षक संरक्षण तथा प्रबद्र्धन केन्द्र कास्कीका अध्यक्ष सरलाकुमारी पाण्डेद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा बिना अवरोध समाचार सङ्कलनगर्न पाउने सञ्चारकर्मीको अधिकारको सम्मानगर्दै आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन समेत सबै पक्षसंग अनुरोध गरिएको छ ।

साथै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले घटनामा घाईते भएका पत्रकार घनश्याम पाण्डेलाई आर्थिक सहयोग समेत गरेको छ । इन्सेक पोखरा कार्यालयका संयोजक शिवखकुरेलले गण्डकी शिक्षण अस्पतालमा उपचारत् पीडितलाई अस्पतालमै भेटी पाँच हजार रुपियाँ प्रदान गरी घाईतेको अवस्थाका बारेमा जानकारी लिएका थिए ।