एक व्यावसायिलाई अपहरण गर्ने २ महिला सहित ७ जना पक्राउ


पोखरा २२, साउन
पोखराका एक व्यावसायिलाई अपहरण गर्ने २ महिला सहित ७ जनाको टोलीलाई प्रहरीले पक्राउ गरेको छ ।
चैलाही गाविस २ लमही दाङ स्थाई घर भई पोखरा नयाँबजार स्थित सस्तो बजारमा तरकारी पसल संचालन गर्दै आएका ६२ बर्षीय होमनाथ अधिकारीलाई पक्राउ गर्ने उपर प्रहरीले नियन्त्रणमा लिएको कास्कीका प्रहरी नायव उपरिक्षक डीएसपी केदार रजौरेले बताए । मंगलबार बिहान करबि ७ः३० बजेको समयमा तरकारी विक्रि गर्न पसलमा बसेको अबस्थामा तरकारी किन्ने निहुँ पारी नकापधारी एक समुहले अधिकारीलाई अपहरण गरेको रजौरेले जनाए ।

बा ७ च ५२७१ नम्बरको गाडीमा माक्स लगाई आएका ७/८ जनाको एक समुहले अधिकारीसंग काम छ भनी जवरजस्ती उठाई गाडीमा राखेर फरार भए पछि प्रहरीले मौखिक जानकारी प्राप्त गरेकोले खोजि कार्य गर्दा रुपन्देहि जिल्लाको वुटवलबाट पश्चिमचर्फ जार्दै गर्दा पक्राउ गर्न सफल भएको कास्की प्रहरीले प्रेसित विज्ञेिप्तमा जनाएको छ । इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गिया रुपन्देहिबाट खटिएको प्रहरीको एक टोलीले चेक गर्दा अपहरणकारीको टोलीलाई गाडी सहित पक्राउ गर्न सफल भएको हो । उनका अनुसार अधिकारी केहि दिन अघिदेखि पोखरामा तरकारी पसल संचालन गर्दै आएका थिए । यस अघि बाँकेमा समेत व्यावसाय संचालन गरेका अधिकारीलाई अपहरण गर्ने समेत बाँकेकै भएको प्रहरीले जनाएको छ ।
प्रक्राउ पर्नेहरुमा दाङ घोरही नगरपालीका २ का गाडी चालक समेत रहेका ४१ बर्षीय कमल मोहन चौधरी, दाङ ३ वरगर्दी बस्ने २५ बर्षीय तुल्सीराम पोखरेल, दाङ सौडियार १ बस्ने ३६ बर्षीय पोषण पोखरेल, दाङका ३८ बर्षीय श्रीधर पोखरेल, दाङ काभ्रे ७ का २८ बर्षीय पुर्ण बहादुर थापा, दाङ रामपुर ४ बस्ने गरेकी २५ बर्षीया मिना भण्डारी र दाङ चैलाही गाविस २ बस्ने २८ बर्षीया देवका केसी रहेका छन ।

अपहरणमा परेको खबर पाउना साथ कास्की प्रहरीले अप्रेसन थालेकाले अधिकारीलाई मंगलबार नै करीब ६ घण्टामै जनकपुरबाट शकुसल उद्धार गरेको डीएसपी रजौरेले दाबी गरे । अधिकारीसंग मोटो रकम भएको आशंकामा अपहरणकारीले अधिकारीलाइ अपहरण गरेको हुन सक्ने उनले दाबी गरे ।