प्रदेश नम्वर चारलाई नमुना, समृद्ध र आर्थिक रुपमा सम्पन्न बनाउने प्रतिबद्धता


पोखरा – प्रदेश सभा प्रदेश नम्वर चारको पहिलो बैठक सोमबार सम्पन्न भएको छ । प्रदेश सभाको पहिलो ऐतिहासिक बैठकलाई सम्वोधन गदै सांसदहरुले प्रदेश नम्वर चारलाई नमुना, समृद्ध र आर्थिक रुपमा सम्पन्न बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

प्रदेश सभामा बोल्ने सवै सांसदहरुले प्रदेश नम्वर चार पर्यटन, जलस्रोत र कृर्षिमा सम्भावनायुक्त रहेको बताउदै देशलाई अगुवाई गर्नेगरि आर्थिक रुपमा समृद्ध र समुन्नत प्रदेश बनाउन एकिकृत भएर अगाडी बढने प्रतिबद्धता ब्यक्त गरेका हुन् । सभामा एमाले, काँग्रेस, माओबादी केन्द्रका सांसदले स्थायि सरकार, समृद्धि र विकासलाई अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्दा प्रतिपक्ष दल काँग्रेसका सांसदले बलियो प्रतिपक्ष भएर विकास र समृद्धिमा सहयोग बताए ।

प्रदेश नम्वर चारका जेष्ठ सदस्य जनकलाल श्रेष्ठले बैठकको प्रारम्भ गदै प्रदेश प्रमुख बाबुराम कुँवरबाट प्राप्त पहिलो अधिवेशन सम्वन्धि पत्र पढेर सुनाएपछि दलिय प्रतिनिधित्वका आधारमा प्रदेश सांसदहरुले सभालाई सम्वोधन गरेका थिए । प्रदेश सभामा पहिलो सम्वोधन गदै एमाले सचिव समेत रहेका सांसद पृथ्वीसुब्बा गुरुङले प्रदेश चारलाई अन्य प्रदेश भन्दा समृद्ध, समुन्त बनाउने प्रतिबद्धता ब्यक्त गरे । ‘लोकतान्त्रिक मुल्य मान्यतालाई आत्मसाथ गदै निवाचनका बेला जनता समक्ष ब्यक्त गरिएका प्रतिबद्धता पुरा गर्न प्रदेश नम्वर चारलाई समृद्ध र सक्षम प्रदेश निर्माण गर्नेछौ ।’

उनले जनताले दिएको अवसरलाई खेर जान नदिने र जनताको गुनलाई सम्झेर विकास र समृद्धिको लागी योगदान दिन तयार रहेको बताए । स्वास्थ्य, खानेपानी, विजुलीको पहुच भन्दा बाहिर रहेका जनतालाई पाँच वर्ष भित्र उपलब्ध गराउने प्रतिबद्धता समेत गुरुङले ब्यक्त गरे । नेपाली काँग्रेसका सांसद कृष्णचन्द्र नेपालीले समुन्त, समृद्ध प्रदेश बनाउदै भष्ट्राचार मुक्त बनाउन प्रतिबद्ध रहेको बताए । जनताप्रति जवाफदेही हुदै प्रदेश नम्वर चारलाई समृद्ध र नमुना प्रदेश बनाउन आफनो पार्टी र आफु सधै लागीपर्ने सांसद नेपालीले बताए ।