सौराहा फुड फेष्टिवलको निम्तो दिन रेवान सौराहको टोली पोखरामा


पोखरा – १२ औँ संस्करणको सौराहा फुड फेष्टिवलमा पोखरेलीहरुलाई निम्तो दिन रेवान सौराहको टोली पोखरा आएको छ । टोलीले सोमबार पोखरामा पत्रकार सम्मेलन गरि महोत्सवमा आउन पोखरेलीहरुलाई निमन्त्रणा गरे ।

‘सौराहामा विदेशी मात्र होईन, अब अन्तरीक पर्यटकहरु रमाउन पर्छ’ पत्रकार सम्मेलनमा बोल्दै फेष्टिवलकासंयोजक कपिल रेग्मीले बताए । प्रेम दिवस अर्थात् प्रणय दिवसको अवसरमा हरेक बर्ष जस्तै यो बर्ष पनि यहि माघ २८ देखि फागुन ३ गतेसम्म सौराहाको सिसवार खेलमैदानमा फेष्टिवल गरिन लागेको क्षेत्रिय रेवान सौराहाका अध्यक्ष गोर्कण गिरीले जानकारी दिए ।

‘प्राकृतिक सौन्र्दयता चितवन सौराहाको विशेषता’ भन्ने नारासहित ५ दिन सम्म चल्ने फेष्टिवलमा स्वेदशी तथा विदेशी विभिन्न खानाको स्वादमा सास्कृतिक प्रस्तुतीमा रमाउन सकिने रेवान सौराहामा प्रथम उपाध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए ।

महोत्सवमा स्वदेशी तथा विदेशी खानाका साथै थारुहरुको मौलिक खाना प्रदर्शन गर्नुकासाथै देशबासीलाई निम्तो दिदै कलासंस्कृती र खानाले भरपुर मनोरञ्जन दिने सौराहा रेवानका निर्वतमान अध्यक्ष लालबहादुर भट्ठ (राजन) ले प्रष्ट पारे । सौराहा र यस क्षेत्रको बरिपरि ओझोलमा परेका कला, संस्कृति र रहनसहनको प्रचार सगै बिदेशी माँझ नेपाली कला संस्कृती चिनाउने र आदान प्रदान गर्ने उद्देश्य महोत्सबको रहेको उनले बताए ।

फेष्टिवलको टिकट बिक्रीबाट आएको आम्दानीमध्ये १० वृद्धवृद्धा र अपांगलाई तथा १० प्रतिशत रकम खेल मैदान व्यवस्थापनमा खर्च गरिने रेवानका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । यस्तै ४० प्रतिशत रकम घुम्ती शौचालन निर्माणका लागि, पाँचप्रतिशत सौराहाको सरसफाइ र केही रकम उज्यालो सौराहा कार्यक्रममा सहयोग गरिने उनको भनाइ छ । पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्ग, केन्द्रिय उपाध्यक्ष गोपीबहादुर भट्टराई लगायतले महोत्सवको बारेमा प्रकाश पारेका थिए ।