महाशिवरात्री महामेलाको अवसरमा २२ धाराको अवलोकन तथा स्नान गर्न पाइने


पोखरा – माघ २२ देखी फागुन २ गतेसम्म वानेटाकुर धार्मिक क्षेत्र विकास समिति माछापुच्छे ४ लाहाचोकको आयोजनामा हुन गईरहेको महाशिवरात्री महामेलाको अवसरमा २२ धाराको अवलोकन तथा स्नान गर्ने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।

माछापुच्छ«े ३ घाचोक काङमाङमा रहेको २२ धाराको प्रवद्र्धन तथा प्रचार प्रसारको लागि शिवरात्री महामेलामा पुग्ने दर्शकहरुको लागि मेला स्थलवाट वसको व्यवस्था गरिएको मेला संयोजक पानवहादुर जिसीले जानकारी दिए । हरिचोकवाट मेलास्थल पुगेर पातिखोला गुफा अनि वाईसधारा हुँदै माछापुच्छ«े पुगेर पोखरा फर्केन वसको रुट मेला अवधिभर कामय गरिएको छ ।

कालि नागको वासस्थान रहेको भुमे वराहकुण्डको रुपमा चिनिने २२ धारामा स्नान गर्दा छाला सम्वन्धि रोगहरु निको हुने विश्वासले विभिन्न जिल्लावाट नुवाउन मानिसहरु आउने गर्दछन् ।