फेवातालमा आउने जलकुम्भी झार फाल्न अत्याधुनिक मेशिन ल्याइयो


पोखरा – पोखरा उपत्यका तालैतालको शहर हो । यहाँ फेवा बेगनास, रुपा लगायत अन्य तालहरु प्राकृतिक र मानविय अतिक्रमणमा परेका छन् । मानविय र प्राकृतिक कारणले पोखराका तालहरुको अस्तित्व संकटमा पदै गएको छ । पोखरा आउने आन्तरीक तथा बाह्य पर्यटकको आकर्षण हिमाल र तालहरुनै हुन् । पोखराको गहना र पर्यटकको आकर्षण तालहरुको संरक्षणमा सरोकारवाला निकायको ध्यान जान सकेको थिएन् । स्थानिय तहको निवाचन सम्पन्न भएपछि निर्वाचित जनप्रतिनिधिले तालहरुको संरक्षणका लागी पहल गर्नुभयो ।

बर्षायामसंगै तालहरुमा आउने जलकुम्भी झारले तालहरु कुरुप बन्ने गरेका छन् । तालमा बर्षेनी आउने जलकुम्भी झारको ब्यवस्थापनका लागी पोखरा लेखनाथ महानगरपालिकाको पहिलो कार्यपालिकाको बैठकले अत्याधुनिक औजार(मेशिन) खरिद गर्ने निर्णय गरेको ्थियो । जननिवाचित महानगरको कार्यपालिकाको पहिलो बैठकले औजार खरिदका लागी कार्य अगाडी बढाउने निर्णय गरेको छ महिनापछि जलकुम्भी झार फाल्ने मेशिन पोखरा ल्याइएको पोखरा लेखनाथ महानगरपालिकाका उप–प्रमुख(उपमेयर) मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो । फेवातालमा आउने जलुकुम्भी झार पोखरेलीका लागी टाउको दुखाई भएको थियो । मेशिन आएसंगै जलकुम्भी झार ब्यवस्थापनका लागी सहज हुने अपेक्षा गरिएको छ । झारका कारण फेवातालमा घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकलाई डुङगा सयरमा समेत कठिन हुने गरेको थियो । मेशिनको बुधबार फेवातालबाट फोहोर तथा झार निकालिएको छ ।

उक्त मेशिन खरिदका लागी निवाचन क्षेत्र विकास कोशबाट ५० लाख रुपैयाँ र त्यसमा अपुग रकम पोखरा महानगरपालिकाले ब्यवस्थापन गरेर उपप्रमुख गुरुङले बताउनुभयो । उक्त मेशिनको मुल्य १ करोड २५ लाख रुपैयाँमा खरिदिएको हो । उक्त मेशिन क्यानडाबाट ल्याएको हो ।‘ फेवाताल, बेगनास, रुपाताल सहित तालतलैयाको संरक्षण अन्र्तगत जलकुम्भी झार ब्यवस्थापनको लागी निर्वाचन क्षेत्र विकास कार्यक्रबाट निकासा गरिएको रकममा अपुग ७५ लाख आन्तरीक स्रोतबाट ब्यवस्थापन गरिएको ’उपप्रमुख गुरुङले भन्नुभयो ।फेवातालको झार निकाल्न करोडौ रुपैयाँ खर्च हुने गरेको भएपनि बालुवामा पानी हालेजस्तै भएको थियो उहाँले भन्नुभयो –‘ अव मेशिन आएसंगै झार फाल्न सहज हुने र फेवाताल सफा हुने छ ।’ मेशिनले तालमा आउने जलकुम्भी झार र फोहोर सफा गर्ने छ ।