बंगलादेशलाई ५–० को फराकिलो अन्तरले पराजित गदै थ्रिस्टार फाइनलमा


पोखरा – थ्रि स्टार क्लबले पाहुना टोली उत्तर बरिन्धरा क्लव बंगलादेशलाई ५–० को फराकिलो अन्तरले पराजित गदै पोखरामा जारी १६ औं आहा रारा गोल्ड कपको अन्तिम दुईमा स्थान पक्का गरेको छ । पोखरा रगंशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोलीलाई पाखा लगाउदै फाइनलको यात्रा निश्चित गर्दा विश्वास श्रेष्ठले ह्याट्रिक गर्नुभयो भने विष्णु गुरुङ र निराजन खड्काले एक÷एक गोल गर्नुभयो ।

थ्रि स्टारले उपाधिका लागी विहिबार हुने नेपाल पुलिस क्लब र धरान फुटबल क्लबवीचको विजेतासंग शनिबार खेल्ने छ । थ्रि स्टारले एपिएफलाई र बरिन्धराले सुदुरपश्चिमलाई हराउदै सेमिफाइनल खेलेको हो । पाचौ पटक उपाधि उचाल्ने योजना बुनेको थ्रि स्टारले पाहुना टोली विरुद्ध एकपक्षिय खेल प्रर्दशन गर्दा प्रतियोगिताको सवैभन्दा निरश लाग्दो खेल हुन पुग्यो । सुदुपश्चिम विरुद्धको खेलमा दुई डिफेन्डर रेकार्ड खाएर मैदान प्रवेश गर्न नपाएपछि थ्रि स्टारसंगको खेलमा जम्न सकेन् । बेन्चमा अतिक्ति खेलाडी लिएर मैदान उत्रेको बंगलादेशले पहिलो हाफमा तिन र दोश्रो हाफमा २ गोलको सामना गदै प्रतियोगिता भरि सवै भन्दा गोल अन्र्तरले पराजित हुदै घर फर्किन बाध्य भयो ।

खेलको ४१ औ मिनेटमा बृद्ध चेम्जोङको गोलमा विष्णु गुरुङले गोल गदै खाता खोल्नुभयो । एक पक्षिय खेल खेलेको थ्रि स्टारले ४५ औ मिनेटमा विश्वास श्रेष्ठले पासमा निराजन खड्काले गोल गदै अन्र्तर दोब्बर बनाउनुभयो । पहिलो हाफको इन्जुरी समयमै निराजन खड्काको पासमा विश्वास श्रेष्ठले तेश्रो गोल गर्नुभयो । ६६ औ मिनेटमा निराजन खड्कको पासमा विश्वास श्रेष्ठले ब्यक्ति दोश्रो र टिमका लागी चौथो गोल गर्नुभयो । ७५ औ मिनेटमा सुनिल बलले प्रहार गरेको फ्रिकिकलाई डिवक्सभित्रबाट हेड गोल गदै खेल ५–० मा टुङग्यादै प्रतियोगिताकै पहिलो ह्याट्रिका पुरा गर्नुभयो भने सर्वाधिक गोलकर्ताको रुपम उभ्याउनुभयो ।प्रतियोगिता अन्र्तगत विहिबार अन्तिम सेमिफाइनल खेल नेपाल पुलिस क्लव र धरान फुटवल क्लव बिच हुने छ ।