एपीएफलाई ५–३ गोल अन्र्तरले पन्छाउदै थ्रि स्टार सेमिफाइनलमा


पोखरा – चार पटकको विजेता थ्रि स्टारले सशस्त्र प्रहरी क्लब (एपीएफ) लाई टाईब्रेकरमा पाखा लगाउदै १६ औ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेको छ । पोखरा रगंशालाको फुटबल मैदानमा सोमबार भएको तेश्रो क्वाटरफाइनलमा थ्रि स्टारले एपीएफलाई ५–३ गोल अन्र्तरले पन्छाउदै फाइलन प्रवेशका लागी उत्तर बरिन्धरा क्लब बंगलादेशसंगको भेट पक्का गरेको छ ।

निर्धारित ९० र अत्तिरित्त २० मिनेटमा दुवै टिमले गोल गर्न हुननसकेपछि खेल निर्णायाथ खेल टाइब्रेकमा पुगेको थियो । इहटरी गोल्ड कप फुटबल प्रतियोगताको उपाधि जितेर सिधै आहा रारा खेल्न आएको थ्रि स्टारले पोखरेली मैदानमा चार पटक उपाधि उचालि सकेको छ । थ्रि स्टारले पाँचौमा र नवौमा मनाङमस्याङदीलाई ४–३, १–०, एघारौमा आयोजक सहारालाई १–० र १३ औ मनाङमस्यार्दीलाई १–० ले हराउदै उपाधि जितेको थियो भने एपिएफ छैठौ संस्कारणमा फाइनल पुगेपनि उपविजेतामै सिमित भएको थियो । सहारा यूकेसंग १–० ले पराजित हुदै उपाधि उचाल्ने एपीएफको सपना अधुरो बन्यो । आहार रारामा शसस्त्रको ११ औं र थ्रीस्टारको नवौं सहभागिता हो ।

थ्रि स्टारलाई सेमिफाइनल पुर्याउन रन्जित धिमाल, विक्रम लामा, निराजन खड्का, विजय धिमाल र सुनिल बलले पेनाल्टीमा गोल गरेपछि फाइनल यात्रा पक्का भएको हो । दोश्रो पेनाल्टी प्रहार गरेका राजेन्द्र रावतको बललाई थ्रि स्टारका गोलरक्षक एलन न्यौपानेले उत्कृष्ट बचाउ गरेपछि एपीएफको आहा राराको यात्रामा पूर्ण विराम लाग्यो ।