माघ २२ गतेबाट फागुन २ गतेसम्म कास्कीको लाहाचोकमा शिवरात्री मेला हुने


पोखरा – ‘पहिचान माछापुच्छे« गाउँपालिकाको, जर्गेना धर्म, संस्कृति र पर्यटनको’ भन्ने मुल नाराका साथ बानेटाकुर धार्मिक क्षेत्र संरक्षण समिति माछापुच्छे« गाउँपालिका–४, लाहाचोकले यहि माघ २२ गतेबाट फागुन २ गतेसम्म शिवरात्री मेला गर्ने भएको छ ।आयोजक संस्थाले सोमवार लाहाचोकमा पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको हो ।

मेलामा खुल्ला भलिवल प्रतियोगिता, गाउँपालिका स्तरिय नौमती बाजा प्रतियोगिता, खुल्ला भजन चुड्का प्रतियोगिता, खुल्ला रत्यौली प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, लोपउन्मुख भदौरे भाखा (हुरी गीत) प्रतियोगिता, नौमति बाजामा नृत्य प्रतियोगिता, हास्य कलाकारका विभिन्न प्रस्तुति, राष्ट्रिय तथा स्थानिय कलाकारहरुका अन्य प्रस्तुति साथै विभिन्न सांस्कृतिक तथा पुरातात्विक स्थलहरुको अवलोकन गराइने संयोजक पानबहादुर जिसीले जानकारी दिनुभयो ।

लाहाचोकमा जेष्ठ नागरिक बहुउद्देश्यीय भवन निर्माण गर्ने, सांस्कृतिक तथा धार्मिक स्थलहरुको जर्गेना गर्ने, सांस्कृतिक र धार्मिक पर्यटनको विकास साथै व्यवसायिकतालाई पछ्याउने उद्देश्यका साथ मेला गर्न लागिएको हो । उक्त मेलाको प्रायोजकमा सन्तती नाथु प्रल्हादको परिवार (देवानसिंहको), सहप्रायोजकमा दावाङछु÷ नन्दा शेर्पाको परिवार, उपप्रायोजकमा मर्दीखोला कृष सुनचाँदी पसल, भुपेन्द्र÷शान्ता कुँवरको परिवार, अर्जुन÷मनोज शाही, डा.अब्दुल रहमन वानो मुम्बई, लाहाचोक काठमाण्डौं समाज, लाहाचोक कोरिया सम्पर्क समाज र स्वः मीनराज गुरुङ(राजु) स्मृति कप अन्तर वडा स्तरीय भलिवल प्रतियोगिताको प्रायोजक क्या. बजिरमान गुरुङको परिवारले गरेका छन ।

मेलामेलाका रुपमा पहिलो पटक गर्न लागिएको उक्त मेलाको ७० हजार दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ ।मेला दर्शनका लागि पोखराको हरिचोकबाट बसको व्यवस्था गरिएकोे छ ।त्यस्तै विभिन्न २६ उपसमिति पनि गठन गरिएको छ ।धार्मिक क्षेत्र संरक्षण समितिका संयोजक केशवराज अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिवालय व्यवस्थापन उपसमितिका संयोजक चेतराम अधिकारीले गरेका थिए ।