धरान फुटबल क्लबद्दारा सिक्किम यूनाइटेड पराजित


पोखरा – धरान फुटबल क्लबले पहुना टोली सिक्किम यूनाइटेड भारतलाई ३–० ले पाखा लगाउदै पोखरा रगंशालामा जारी १६ औ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वटरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोश्रो प्रि क्वाटरफाइनलमा धरानले तेश्रो पटक क्वाटरफाइनलको यात्रा तय गर्दा पाहुना टोली सिक्किमको आहा राराको अघिल्लो यात्रामा पूर्णविराम लाग्यो ।

पोखरा रगंशालामा जारी १६औ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता अन्र्तगत बुधबार धरान र सिक्किम यूनाईटेडका खेलाडी बल आफनो पक्षमा पार्न खोज्दै । तस्वीर यूनिस गुरुङ

१४ औ पटक पोखरेली मैदान सहभागीता जनाएको धरानले नयाँ प्रतिद्धन्द्धि सिक्किमलाई हराउन बर्तमान राई, सजन राई र धिरेन लिम्बुले एक÷एक गोलको योगदान दिनुृभयो ।