राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ४ नम्बर प्रदेशमा १२ जनाको उमेद्वारी


पोखरा- यहि माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ४ नम्बर प्रदेशमा १२ जनाको उमेद्वारी परेको छ । बाम गठबन्धनबाट ६ जना, नेपाली काग्रेसबाट ४ जना र राष्ट्रिय जनमोर्चाबाट २ जनाले दर्ता गरेका छन् ।

मनोनयन दर्ता गर्नेहरुमा वाम गठबन्धनबाट खुलातर्फ एमालेका गणेश प्रसाद तिमिल्सिना (पर्वत) र माओवादी केन्द्रबाट दीननाथ शर्मा (बागलुङ), महिलातर्फ एमालेकी दीपा गुरुङ (लमजुङ), एमालेकी शान्ति अधिकारी (बागलुङ), अपांग कोटातर्फ एमालेका रामबहादुर थापा (स्याङ्जा) र दलिततर्फ माओवादी केन्द्रका खिमबहादुर बि.क. (स्याङ्जा) रहेका छन् ।

त्यसै गरि नेपाली काँग्रेसबाट चार जनाल मात्रै उमेद्वारी दिएका छन् । काग्रेसबाट खुलातर्फ सुरेन्द्रराज पाण्डे (गोरखा), महिलातर्फ विन्दा
देवी रानामगर (कास्की), अपांगतर्फ प्रकाश पन्त (तनहँु) र दलिततर्फ जितबहादुर नेपाली (पर्वत) ले मनोनयन दर्ता गरेका हुन् ।

यसै गरि राष्ट्रिय जनमोर्चाबाट २ जनाले मनोनयन दर्ता गरेका छन् । राष्ट्रिय जनमोर्चा खुलातर्फ कृष्ण अधिकारी (बागलुङ) र महिलातर्फ मीना पुन (बागलुङ) रहेका छन् । प्रदेश सभाका ६० र स्थानिय निकायका प्रमुख र उपप्रमुख १ सय ७० गरि २ सय ३० जना मतदाता रहेका क्षेत्रीय निर्बाचन कार्यालयका प्रमुख गंगालाल सुबेदीले जानकारी दिए ।