आठौँ पोखरा महोत्सवमा विशेष आर्कषणको रुपमा हात्तीमा शयर


पोखरा – युनाईटेड क्लव पोखराको आयोजनामा पुस २७ देखी माघ ८ गतेसम्म हुने आठौँ पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।
अमरसिँहचौरमा हुने महोत्सवका पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधिसभाका सांसद खगराज अधिकारीले उद्घाटन गर्ने छन् । मंगलवार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै प्रचार प्रसार संयोजक तथा आयोजक युनाइटेड क्लवका महासचिव राजु श्रेष्ठले पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको वताए ।
महोत्सवमा यसपटक विशेष आर्कषणको रुपमा हात्तीमा शयर गरेर महोत्सवको अवलोकन गर्ने व्यवस्था रहेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा जोड दिदै सेती नदी संरक्षण र सौर्य बत्ती जडान जस्ता सामाजिक काममा क्लव अग्रणी रहेको छ ।
देशको कला, संस्कृति, भेष–भुषाको संरक्षण र प्रवद्र्धन, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई संवृद्धि तर्फ अगाडी वढाउने, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउनुका साथै चार नम्बर प्रदेशको पर्यटकिय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा वाह्य उत्पादित वस्तुको बजार सहजीकरण गराउने महोत्सवको लक्ष्य रहेको छ ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यवसायीक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, पशुपंछीको प्रदर्शनी, नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुती, कृषि–अटो मेला लगायतका गतिविधी रहने छ । महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय लोक तथा हास्य व्यङ्ग प्रस्तुती रहने छ ।

महोत्सवमा २ सय ३५ वटा स्टलहरु रहेका छन भने १ करोड १४ लाख अनुमानित आम्दानी ७९ लाख खर्च र ३५ लाख बचत हुने अनुमान गरिएको छ । महोत्सवमा सर्वसाधारणका लागी ८० र विद्यार्थीका लागी ५० रुपैया टिकट दर रहने आयोजकले जनाएको छ । आठौ संस्करण सम्म आइपुग्दा युनाइटेड क्लवले पोखरा महोत्सवकै आयोजना गरी आफ्नो उद्देश्य अनुसार पोखरामा खुल्ला चिडियाखाना निर्माण गर्नका लागी नेपाल सरकार, तत्कालीन लेखनाथ नगरपालीका र क्लवकोे ३५ लाख ८५, हजार रुपैयाबाट पोखरा लेखनाथ महानगरको ३१ नम्बर वडामा चिडियाखानाको पहिलो चरणको काम पशुपंक्षी उद्धार केन्द्र निर्माण कार्य अगाडी बढिरहेको महोत्सव मुल आयोजक समिती संयोजक तथा युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले वताए ।