राष्ट्रिय औद्योगिक व्यापार मेलाको प्रवेश टिकटमा कार उपहार


पोखरा – पोखराको नयाँबजारमा आयोजना हुने सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखराको प्रवेश टिकटमा कार उपहारको व्यवस्था गरिएको छ । ‘हामीले मेलामा टिकट काटेर आउने दर्शकलाई मेला हेरेपछि अन्तिम दिन गाडी चढेर जाने व्यवस्था मिलाएका छौँ’, मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले भन्नुभयो,‘तपाईँले काटेको टिकटबाट गोलाप्रथाबाट बिजेता हुने एक जनालाई हामीले गाडीको व्यवस्था गरेका हौँ ।’
अध्यक्ष पालिखेका अनुसार बिजेतालाई हुण्डाई कम्पनीको इवन गाडी उपहारस्वरुप प्रदान गरिनेछ । सो गाडीको हालको बजार मूल्य १८ लाखभन्दा बढी रहेको छ । मूल्य अभिवृद्धि करसहितको मेलाको टिकट मूल्य विद्यार्थीको लागि ४० र  सर्वसाधारणको लागि ६० रुपैयाँ कायम गरिएको छ । बम्बर उपहार खोल्ने विधी पारदर्शी बनाइने जनाउँदै उहाँले आफूले काटेको टिकटको अर्धकट्टी सुरक्षित राख्न पनि अनुरोध गर्नुभयो ।
संघले यस अगाडिका मेलाहरुको प्रवेश टिकटमा पनि विभिन्न उपहार राख्ने गरेको थियो । प्रवेश टिकटमा मनकामना तथा चन्द्रागिरि केवलकारको टिकटहरु पनि उपहारमा राखिएको संघका महासचिव दामु अधिकारीले जनाउनुभयो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म मेलाको आयोजना हुन लागेको हो । मेलाका सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको तथा सबै स्टलहरु बुकिङ सकिएको उहाँले जनाउनुभयो ।
मेलाका २ सय ८० वटा स्टलहरु रहेका छन् ।  लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ आयोजित पोखरा लगायत सम्पूर्ण राष्ट्रको  औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने आयोजकको अपेक्षा रहेको छ । मेला प्रदेश नम्बर ४को ब्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्यमा समेत समर्पित रहेको अध्यक्ष पालिखेको भनाई रहेको छ ।
 नेपाल मोवाइल बितरक संघले आयोजना गर्दै आएको दोस्रो मोवाइल मेला समेत यही मेलामा समाहित हुँदा सूचना प्रविधीको जानकारी लिने अवलोकनकर्ताको लागि पनि मेला पुग्नै पर्ने गन्तव्य बन्ने अपेक्षा राख्दै उहाँले मेलाको सुरक्षा र व्यवस्थापनमा कुने कमी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  मेलाको समुद्घाटनको पूर्वसन्ध्यामा पुुस २७ गते बिहान १०ः३० बजे संघको सचिवालयबाट प्रदर्शनीकेन्द्रसम्म प्रभातफेरीको आयोजना हुने उल्लेख गर्दै उहाँले  प्रभातफेरीमा सहभागि हुने आमा समूहहरुलाई मेलाप्रति अपनत्व होस् भन्ने हेतुले सानो जिन्सी उपहारको व्यवस्था गरेको जानकारी दिनुभयो ।
पोखरा उद्योग वाणिज्य संघको आयोजना एवं पोखरा लेखनाथ महानगरपालिका, पोखरा उपत्यका नगर विकास समितिको सहयोग लक्ष्मी ग्रुपको सफल दूध, हुण्डाई र कुलप्याण्ड स्मार्ट फोनको मुख्य प्रायोजन तथा नेपाल पर्यटन वोर्ड तथा ग्लोवल आइएमइ बैंक लिमिटेडको प्रवद्र्धनमा मेला आयोजना हुन लागेको हो । मेलामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, माछापुच्छ«े बैंक लिमिटेड, अर्घाखाँची सिमेण्ट, फर्निचर ल्याण्ड, हरपल फुड प्रालिको हरपल चामल, बर्जर पेण्टस्को सहप्रायोजन र विजय डिष्टिलरी र यति ब्रुअरी प्रालिको विशिष्ठ प्रायोजन रहेको  छ ।
गृहलक्ष्मी ग्याँस, कोसेली तेल, ओम डेभलपमेण्ट बैंक, आहा चाउचाउ, एसियन थाइ फुड, एक्सन पोलिमर,अन्नपूर्ण फुड्स एण्ड वेभरेज प्रालिबाट पनि मेलाका विविध विधामा सहकार्य भएको छ । ।यसैगरी,पोखरा इन्टरनेट प्रालिको क्लियर टिभी र नागरिक दैनिक मिडिया पार्टनर रहेको मेलामा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड वीमा प्रायोजक रहेको छ । अतिथी रिसोर्ट र माउण्ट कैलास रिसोर्ट पोखरा यो मेलाको अफिसियल होटल रहेका छन् ।
मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको विक्री वितरण रहेका छन् । यसका साथै मेलाको थप आकर्षणतर्फ  लोकदोहोरी  प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता,रत्यौली प्रतियोगिता, बालउद्यान तथा साथमा स्थापित हाँस्य कलाकारहरुद्वारा मनोरञ्जनात्मक रहेको महासचिव दामु अधिकारीले जनाउनुभयो । यसैगरी पोखरा इञ्जिनियरिङ कलेजका विद्यार्थीहरुले मेलामा प्रदर्शन गर्ने रोबोटिक हन्टेड हाउस ( भूत घर ) पनि मेलाको थप आकर्षण रहनेछ ।