गाउँपालिकामा तिन महिने सिलाई कटाई तालिम सम्पन्न


????????????????????????????????????

पोखरा । कास्की जिल्लाका ग्रामिण क्षेत्रका महिलाहरुलाई गुड नेवर्स इन्टरनेशलन नेपालको आर्थिक सहयोगमा नौलो घुम्ती नेपालद्धारा संचालित सामुदायिक विकास परियोजनाद्धारा तिन महिने एड्भान्स सिलाई कटाई तालिम सम्पन्न गरेको छ ।

ग्रामिण भेगका अतिविपन्न महिलाहरुलाई सामुदायिक विकास परियोजना अन्तर्गतका प्रायोजित बालबालिकाका अभिभावकहरुको आय आर्जन वृद्धि तथा उद्यमशिलता विकासकालागि नौलो घुम्ती नेपालले असोज २४ देखि पौष २४ सम्म ३ महिने एड्भान्स सिलाई कटाई तालिम भएको थियो । तालिममा प्रशिक्षक जमुना आचार्यले प्रशिक्षण दिएकी थिईन । उक्त तालिममा साविकका लुम्ले, मिजुरेडाँडा र ल्वाङघलेल हाल अन्नपुर्ण ६ र ७, मादी ८ र माछापुच्छ्रे ८ बाट सहभागि भएका थिए ।

तालिम पश्चात सहभागिहरुले कुर्था, सुरुवाल, सर्ट, पाइन्ट, भोटो, जामा, गाउन, चोलो सिलाउन सक्ने सहभागी संगिता परियारले वताईन । समुदायमै आफु सिप युक्त भए पश्चात आय आर्जनकालागि अन्यत्र जान नपर्ने तथा अर्थोपार्जनमा सघाउने उनले वताईन् ।
समापनका अवसरमा कार्यक्रम संयोजक मना ज्ञावलीले ग्रामिण भेगबाट परिवारबाट ३ महिनासम्म टाढा भएर आर्जन गरेको सिपले आफ्नो परिवारको आयआर्जनमा सघाउने वताइन ।

त्यस्तै नौलो घुम्ती नेपालका कोषाध्यक्ष मंगल नेपालीले अहिलेको आधा विश्व ढाकेका महिलाहरुले विगतका दिनहरुमा चुलो चौकोमा मात्र सिमित नभई पुरुष सरह आय आर्जनमा सघाउन सक्षम भैसकेको भनि प्रशिक्षार्थीहरुलाई उर्जाशिल बनाई शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन नौलो घुम्ती नेपाल, सामुदायिक विकास परियोजनाका लघु उद्यम विकास अधिकृत नेहा शाहीले गरेकी थिइन ।