बराह मा.वि.मा स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न


  पोखरा – माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ धिताल, भिडाबारीमा रहेको बराह मा.वि. को स्वर्ण महोत्सवको अवसरमा स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 पूर्व विद्यार्थी मञ्चको आयोजना तथा लायन्स क्लब अफ पोखरा  सेन्ट्रल स्टेटको सह आयोजनामा कार्यक्रम भएको हो  ।  जीवनदानका लागि रक्तदान भन्ने नाराका साथ माछापुच्छ्रे गाउँपालिकाका  अध्यक्ष कर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण कुमारी दवाडी, वडा नं. ६, ८ र ९ का वडा अध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र गौतम, विद्यालयका भूपू प्र.अ. तथा +२ संयोजक रामजी पौडेल, रिजनल हस्पिटल प्रा ली का म्यानेजिङ डाइरेक्टर डा. मनोज कोइराला, लायन्स क्लब अध्यक्ष दयाल गिरी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

बृहत् स्वास्थ्य शिविर अन्तर्गत हाडजोर्नी तथा नशा रोग, पेट छाती तथा मुटु रोग, नाक, कान घाटी रोग, स्त्री तथा प्रसुती रोग , दन्त रोग, सुगर तथा थाइराइड परीक्षण लगायत विभिन्न रोगको निःशुल्क परीक्षण तथा निःशुल्क औषधी वितरण गरिएको थियो । उक्त स्वस्थ्य शिविरमा करिब ३५० भन्दा बढी प्रत्यक्ष लाभान्वित भए । खुला रक्तदानमा ५६ युनिट रगत सङ्कलन भएको छ । कार्यक्रममा अध्यक्षता बराह पूर्व विद्यार्थी मञ्च अध्यक्ष चिरञ्जीवी गौतमले गरेका थिए  भने स्वागत मन्तव्य प्रथम उपाध्यक्ष नन्दलाल अधिकारी तथा सञ्चालन सचिव अनिल लामिछानेले गरेका थिए ।