दोस्रो बृहत् शैक्षिक प्रदर्शनीमा कास्की मोडनाइज्ड एकेडेमी च्याम्पीयन


पोखरा – नेशनल प्याब्सान कास्कीले अयोजना गरेको दोस्रो बृहत् शैक्षिक प्रदर्शनी एवम् १२ औ लोकनृत्य प्रतियोगिता कास्की मोडनाइज्ड एकेडेमी च्याम्पीयन भएको छ । समग्र विधामा उत्कृष्ट अंक ल्याउदै कास्की मोडनाइज्ड च्याम्पीयन भएको हो। त्यसैगरी प्रतियोगितामा गोर्खा वोर्डिङ स्कूल द्धितीय र अक्सवोर्ड स्कूल तृतीय भए । प्रदर्शनीमा भाषा तथा साहित्य,  विज्ञान तथा प्रविधि,  गणित,  सामाजिक शिक्षा र  पूर्व  प्रावि गरी पाँच विधा समावेश गरिएको थियो ।

भाषा तथा साहित्यमा अक्सवोर्ड स्कूल प्रथम, कास्की मोडनाइज्ड एकेडेमी द्धितीय, गोर्खा वोर्डिङ स्कूल तृतीय र मर्डि ग्लोरी एकेडेमीक स्कूल सान्त्वना भए ।विज्ञान तथा प्रविधि तर्फ गोर्खा वोर्डिङ स्कूल प्रथम, कास्की मोडनाइज्ड एकेडेमी द्धितीय, त्रिवेणी पव्लिक स्कूल तृतीय र अञ्जुली वोर्डिङ स्कूल सान्त्वना भए ।गणित तर्फ अक्सवोर्ड स्कूल प्रथम, कास्की मोडनाइज्ड एकेडेमी द्धितीय, हेम्जा वोर्डिङ स्कूल तृतीय र गोर्खा वोर्डिङ स्कूल सान्त्वना भए ।समाजिक शिक्षा तर्फ कास्की मोडनाइज्ड एकेडेमी प्रथम, गोर्खा वोर्डिङ स्कूल द्धितीय, अक्सवोर्ड स्कूल तृतीय र अञ्जुली वोर्डिङ स्कूल सान्त्वना भए ।पूर्व प्रावि तर्फ कास्की मोडनाइज्ड एकेडेमी प्रथम, सिद्धार्थ लवडेल वोर्डिङ स्कूल द्धितीय, एलपि देवकोटा मोमोरियल तृतीय र गोर्खा वोर्डिङ स्कूल सान्त्वना भए ।

त्यसैगरी, १२ औ लोकनृत्य प्रतियोगिता तर्फ राइजिड्ड स्टार एकेडेमी प्रथम, कास्की मोडनाइज्ड एकेडेमी द्धितीय, युनिभर्सल वोर्डिङ स्कूल तृतीय र एलपि देवकोटा मेमोरियल सान्त्वना भए । कार्यक्रममा बोल्दै नेशनल प्याब्सानका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले प्रदर्शनी सवैको सिकाइ बनेको बताएका थिए ।जिल्ला शिक्षा कार्यालय कास्कीका जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले प्रदर्शनी गरेर एन प्याब्सान कास्कीले नमुना प्रस्तुत गरेको बताए ।नेशनल प्याब्सानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले प्रदर्शनीले एन प्याब्सान कास्की देशभरकै उदाहरणीय जिल्ला बनेको बताए ।कार्यक्रममा पुस्तक व्यवसायी महासंघका महासचिव ऋषिराम भण्डारी, हिसान कास्कीका अध्यक्ष रामजी शर्मा, अभिभावक संघ कास्कीका अध्यक्ष हेमराज बरालले बोलेका थिए ।

विद्यार्थीको शिक्षण क्रियाकलापमा सहयोग पु¥याउने गरी विद्यार्थीबाटै विद्यालय शिक्षाका उद्देश्यमा आधारित विषयगत पाठ्यक्रम अन्तर्गतका स्थानीय स्रोत र साधनको प्रयोग गरी निर्मित जीवनोपयोगी निर्माण तथा आविष्कारका सामाग्रीहरू उक्त शैक्षिक प्रर्दशनीमा प्रर्दशन गरिएको थियो ।प्रदर्शनीमा करिव ५० हजारले अवलोकन गरेको एन प्याब्सान कास्कीले जनाएको छ ।

पोखरा प्रदर्शनी केन्द्र,  नयाँबजारमा भएको प्रदर्शनी तीन दिन सम्म चलेको थियो।विद्यार्थीको  अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउँदै  उनीहरुले  हासिल गरेको  ज्ञान व्यवहारिक रूपमा प्रस्तुत गर्ने उद्देश्यले  प्रदर्शनी आयोजना गरिएको  हो । नेशनल प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मनकाजी गुरुङ र लोकनृत्य प्रतियोगिताका सदस्य शिवराज पौडेलले गरेका थिए ।