जापानिज ब्राण्ड ‘मिनिसोे’को शोरुम पोखरामा सञ्चालन हुने


पोखरा –  विश्व प्रशिद्ध जापानिज ब्राण्ड ‘मिनिसोे’को शोरुम पोखरामा सञ्चालन हुने भएको छ । पोखरामा बिगत ३० वर्षदेखि बिनायक सुपरमार्केट सञ्चालन गर्दै आएको बिनायक ग्रुपले उक्त ब्राण्डलाई पोखरा भित्र्याएको हो । पोखराको चिप्लेढुंगामा रहेको शोरुम बिनायक ट्रेडिङ इन्टरनेशनल प्रालिको बिहीबार एक कार्यक्रम बिच औपचारिक उद्घाटन गरिने प्रवन्ध निर्देशक प्रविन पाखिलेले जानकारी दिए ।

संसारका ७० वटा देशमा उत्पादन पु¥याउन सफल मिनिसोका दैनिक उपभोग्य सम्पूर्ण सामान पोखरा शोरुमबाट बिक्री हुनेछन् । ‘करिब ९ हजार प्रकारका मिनिसोका सामानहरु पोखरा शोरुमबाट बिक्री हुन्छन्,’ पालिखेले भने, ‘ब्राण्डेड सामान सुपथ मूल्यमा ग्राहकले पाउनेछन् ।’ मिनिसोलाई नेपालमा योसो इन्टरनेशनलले भित्र्याएको हो । यस अगाडि मिनिसोको शोरुम काठमाडौंको ५ ठाउँमा छन् ।

कस्मेटिक, किचन, इलेक्ट्रोनिक्स, स्टेसनरी, गिफ्ट, सिजनल लगायत सम्पूर्ण प्रकारका दैनिक उपभोग्य सामान शोरुममा उपलब्ध हुने पालिखेले जानकारी दिए । उच्च स्तरीय जापानिज ब्राण्ड, सुपथ मूल्य लगायतका विशेषता मिनिसोका सामानमा रहेको उनले बताए । १ सय २९ रुपैयाँदेखि ७ हजार रुपैयाँसम्मका सामान शोरुमबाट बिक्री हुने निर्देशक प्रतिश पालिखेले जानकारी दिए ।

शोरुममा पहिलो चरणमा करिब २ करोड रुपैयाँ लगानी भएको पालिखेले बताए । ‘ब्राण्डेड सामानलाई पोखरामा भित्र्याउने लक्ष्यसहित शोरुम सञ्चालनमा ल्याइएको हो,’ उनले भने, ‘मिनिसोको ब्राण्ड प्रति पोखराका उपभोक्ताको आकर्षण बढ्ने मेरो विश्वास छ । जापानिज ब्राण्ड धेरैको रोजाईमा पर्छ ।’ पहिलो पटक चिप्लेढुंगामा शोरुम सञ्चालनमा आएलगत्तै न्युरोड र लेकसाइडमा समेत शोरुम बिस्तार गरिने पालिखेले बताए ।

नेपाल भित्रिएको छोटो समयमा नै मिनिसो ब्राण्ड प्रति उपभोक्ताको आकर्षण देखिएको योसो इन्टरनेशनलका अपरेसन म्यानेजर शम्भु तण्डुकारले बताए । काठमाडौंको दरबारमार्ग, जावलाखेल, सुन्धारा, चाबहिल र नयाँबजारमा मिनिसोको शोरुम छन् । ‘ब्राण्डप्रति आकर्षण र माग बढेकाले शोरुम बिस्तार गरिएको हो,’ उनले भने ।