पोखरामा दोस्रो शैक्षिक प्रदर्शनी एवं १२ औँ लोकनृत्य प्रतियोगिता हुने


पोखरा – राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल नेशनल प्याव्सान कास्कीको आयोजनामा मंसिर २९ देखी पुस २ गतेसम्म दोस्रो शैक्षिक प्रदर्शनी एवं १२ औँ लोकनृत्य प्रतियोगिता हुने भएको छ ।

पोखरा प्रर्दशनी केन्द्रमा हुने प्रदर्शनीमा भाषा, विज्ञान, प्रविधि, सामाजिक शिक्षा र पूर्व प्रावि गरि पाँच विधा समावेश गरिएको सोमवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेशनल प्याव्सान कास्कीका अध्यक्ष रामवहादुर मोचीले जानकारी दिए ।

विद्यार्थीहरुले शिक्षण क्रियाकलापमा सहयोग पुर्याउने गरि विद्यार्थीहरुवाटै विद्यालय शिक्षाका उदेश्यमा आधारित विषयगत पाठ्यक्रम अन्तर्गतका स्थानीय स्रोत र साधनको प्रयोग गरि वनाईएका सामाग्रीहरु प्रर्दशन गर्ने तयारी गरिएको छ ।

कार्यक्रममा ४५ वटा विद्यालयका विद्यार्थीहरुले तयार पारेका विभिन्न सामाग्राीहरु प्रदर्शनमा राखिने छन् । प्याव्सानले यसअघि पनि २०७१ मा पहिलो संस्करणको शैक्षिक प्रदर्शनी सम्पन्न गरिसकेको छ । कार्यक्रम सम्पन्न गर्न १० लाख खर्च लाग्ने र प्याव्सानमा आवद्ध ४५ विद्यालयका विद्यार्थी, शिक्षक लगायत ५० हजारले मेलाको अवलोकन गर्ने दावी गरिएको छ ।