च्याम्पियन्स लिग :-रियल मड्रिड,पीएसजी र बार्सिलोना,चेल्सीको घम्साघम्सी


युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा चर्चित टोली आमने सामने हुने भएका छन् । रियल मड्रिडले पेरिस सेन्ट जर्मेन तथा बार्सिलोनाले इंग्लिस प्रिमियर लिग विजेता चेल्सी प्रतिद्वन्द्वी पाएको छ । सोमबार भएको ड्र अनुसार साविकको विजेता रियल मड्रिड र पीएसजी प्रि क्वाटर फाइनलमै भिड्नेछन् । अर्को स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब चेल्सी प्रतिद्वन्द्वी पाएको छ ।

 इटालियन लिग विजेता युभेन्ट्स र इंग्लिस टोली टोटेनहम हट्स्पर आमनेसामने हुनेछन् । जर्मन लिग च्याम्पियन बायर्न म्युनिखले बेसिक्टासको चुनौती सामना गर्नेछ ।म्यानचेष्टर युइनाडेट र सेभिल्ला तथा लिभरपुल र पोर्टो भिड्नेछन् । यो पटक पाँच इंग्लिस क्लब अन्तिम १६ मा पुगेका छन् ।