चुनाव जितेपछि जनताको घर दैलोमा पुगेर जनताकै गुनासो सुन्छु : मनबहादुर


पोखरा – कास्की निर्वाचन क्षेत्र नं. १ प्रदेश ख अन्तरगत बाम गठबन्धनका साझा उम्मेदवार मनबहादुर गुरुङले आपूmले चुनाव जितेपछि हरेक तीन÷तीन महिनामा जनताको घर दैलोमा पुगेर जनताकै गुनासो सुन्ने बताउनु भएको छ ।
निर्वाचन क्षेत्र नं. १ को प्रदेश ख अन्तरगत हिजो मादी गाउँपालिकाको वडा नं. ८ स्थित रबै डाडा, हर्षे, पोसी, परग्यु, साम्ले, नागिधार, पाखुरीकोट, प्यामु, गार्जे र मुग्री बेसीमा आयोजित छुट्टाछुटै घर दैलो र कोण सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । आफु गफ गर्न भन्दा काम गरेर देखाउनका निम्ती भोट माग्न आएको भन्दै स्थानिय जनताको खाने पानी, विद्युत, यातायात, शिक्षा, स्वास्थ्य, पुल पुलोसो तथा कृषि र पर्यटनको प्रबद्र्धन गर्न जनता सँगसँगै काम गर्ने बताउनु भएको छ ।

आफुले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा अध्यक्ष हुँदा त्यस क्षेत्रमा कृषि र पर्यटनको लागि थुप्रै काम गरेर जनताको सेवा गर्ने मौका पाएको भन्दै उहाँले अब त्यो कामलाई सांसद भएपछि झनै प्राथमितामा राखेर अघि बढ्ने बताउनु भएको छ । साथै उहाँले पोसी गाउँलाई अलैंचीको पकट क्षेत्रको रुपमा विकास गर्ने र मादी गाउँपालिकाको हरेक वडालाई पक्की सडक मार्फत सदरमुकामसँग जोडेर त्यहाँको कृषि उत्पादनलाई सहज रुपमा बजारीकरण गर्ने समेत बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कास्की निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले मादी गाउँपालिकालाई गुरुङ संस्कृतिको अध्ययन केन्द्र बनाउने बताउनु भयो । साथै उहाँले अब प्रदेश नं. ४ को मुख्य मन्त्री पनि गुरुङकै छोरी वा छोरी मध्येबाट हुने बताउनुभयो । नेता अधिकारीले अर्को पटक भोट माग्न आउदा आफुहरु धुलो बाटो हिडेर नभई पिच बाटोमा गुडेर आउने बताउनु भयो । कार्यक्रमलाई माओवादी केन्द्रका नेता मिन गुरुङ, एमाले नेता पुर्ण लामा, मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ(श्याम) लगायतले सम्बोधन गर्दै बाम गठबन्धनको पक्षमा मतदान गर्न जनतासँग आग्रह गर्नुभएको थियो ।