बिश्वकपमा स्पेन र पोर्चुगल आमने–सामने,


मस्को/ सन् २०१८ को बिश्वकपमा पुर्व बिजेता स्पेन र युरो च्याम्पियन्स पोर्चुगल आमने–सामने हुने भएका छन्  । शुक्रबार राजधानी मस्कोमा सम्पन्न ‘ड्र’ मा दुई राष्ट्रहरु यसपटक पनि समुह चरणमा भिड्ने भएका हुन्। समूह ‘बी’ यी दुई राष्ट्रसँगै इरान र मोरक्को पनि रहेका छन् । आयोजक रुसले  समूह ‘ए’ मा  उरुग्वेसहित इजिप्ट र साउदी अरेबिया पाएको छ।

समूह ‘सी’ मा फ्रान्स, पेरु, डेनमार्क र अस्ट्रेलिया परेका छन् । दुईपल्टको विजेता अर्जेन्टिना रहेको समूह ‘डी’ मा क्रोएसिया, नाइजेरिया र आइसल्यान्ड रहेका छन् । सर्वाधिक पाँचपल्ट विश्वकप जितेको ब्राजिलले समूह ‘ई’ मा स्विट्जरल्यान्ड, कोस्टारिका र सर्बियाको सामना गर्नेछ ।

समूह ‘एफ’ मा डिफेन्डिङ च्याम्पियन जर्मनीसँगै मेक्सिको, स्विडेन र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्नेछन् । इंग्ल्यान्डको समूह ‘जी’ मा  बेल्जियम, ट्युनिसिया र पानामा छन् ।समूह ‘एच’ मा पोल्यान्ड, कोलम्बिया, सेनेगल र जापान रहेका छन् ।

प्रतियोगिता  जुन १४ तारिख देखि जुलाई १५ गरी एक महिनासम्म चल्ने छ।