वोलीले हैन व्यवहारले काम गरेर देखाए


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ समितिले आफुले वोलेको कुरा पुरा गरेर देखाएको छ ।

पोखरा लेखनाथ–९, वडा समितिले आफ्नो वडा भित्रका न्युन आय भएका, गरिब, कम क्षमतावान वर्गहरुले आफ्नो परिवारका सदस्य मृत्युमा अन्त्यष्टि संस्कार गर्न नसक्ने वडा वासीलाई आर्थिक सहयोग गर्ने निर्णय भएकोमा आईतबार विहान पोखरा लेखनाथ९ पार्वती टोल निवासी वर्ष ६४ की सुकमाया नेपालीको मृत्युमा घरमै गई उनका छोरा सोमबहादुर नेपालीलाई वडा अध्यक्ष रामराज लामिछाने तथा वडा सचिव लोक दर्शन कोईरालाले नगद १० हजार रुपैया प्रदान गरेका छन् ।

सहयोग हस्तान्तरण गर्दै वडा अध्यक्ष रामराज लामिछानेले आफुले वडा समितिको पहिलो बैंठकबाट निर्णय गरेको भएता पनि वडास्तरिय वजेटबाट नभई व्यक्तिगत सहयोग गरेको वताए । र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सो अवसरमा सोमबहादुर नेपालीले भाव विह्वल हुदैँ अन्त्यष्टि संस्कारमा सहयोग गर्ने वडा समितिको निर्णयले आफ्नो घर परिवारले सहयोग पाएको र यस्तै सहयोग अन्य धेरै परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

नेपाल धेरै जातजातिको वसोबास भएको क्षेत्र हो र यहाँ हरेक जातीका आआफ्नै रिति रिवाजहरु छन् । तर पैसाको अभावमा सबैले आफ्नो कुल संस्कार अनुसारको अन्त्यष्टि कार्य गर्न सकिरहेका हुँदैनन्। त्यसैले पनि हुन सक्छ कतिपय नेपालीहरुले आफ्नो परिवर्तन गर्न विवश भएका छन् । त्यसैलाई मध्य नजर गर्दै वडा समितिले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

नेपालीको परिवार शान्तिवन वरपर करिब ४० वर्ष अगाडिदेखि वस्तै आएकामा पार्वती टोलमा ०६२ साल देखि वस्तै आएका थिए । उनले वडा कार्यलय ९ को सहयोगमा एक वर्ष पहिला मात्रै नेपाली नागरिकताको प्रमाण पाएकी थिईन्। त्यस पश्चात उनले सामाजिक सुरक्षा भत्ता पाएकी थिईन्।