बाम गठबन्धनको कार्यालयमा प्रेसर कुकर बम विस्फोट


पोखरा- पोखराको नयाँ शान्ति वनबाटिका नजिकै रहेको बाम गठबन्धनको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ । बम विष्फोटबाट कार्यालयको सटरमा क्षर्ती पुगेको छ भने एक जना घाइते भएका छन् । धादिंग घर भएका सन्तोष सिंखण्डा घाइते भएका छन् ।

उनको खुटटामा चो ट लागेको छ । उनलाई प्रहरी नियन्त्रणमा लिएर उपचारका लागी लगेको छ । उनी बम विष्फोटमा संलग्न भएको आशंका प्रहरीले गरेको छ । प्रत्यक्षदर्शीका अनुसार सेतो रंगको होन्डाई कारमा आएका ब्यक्तिले कार्यालयको बाहिर सटरमा प्रेसर कुकर बम राखेर भागेको बताइएको छ । विस्तारै आएको कारमा आएका ब्यक्तिले बम राखेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । कारको नम्वर प्लेट छोपेर आएका थिए ।

बम विष्फोट भएको स्थानको कास्कीका प्रमुख जिल्ला अधिकारी, पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रविन्द्र अधिकारी लगायतले अवलोकन गरेका छन । पोखराको सुरक्षा ब्यवस्था कडा पारिएको छ भने विभिन्न ठाँउमा चेकजाँचलाई कडाई गरिएको छ ।