नेपाल खेलकुद पत्रकार मञ्चको टोलीद्धारा मिडिया सेन्टरको अवलोकन


पोखरा –  नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य लगाएतको टोलीले शुक्रबार पोखरा रंगशालमा अबस्थित मिडिया सेन्टरको अवलोकन गरेका छन् । अध्यक्ष आचार्य सहितको टोलीलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष तथा पश्चिमाञ्चल खेलकुद मिडिया सेन्टरका अध्यक्ष केशब पाठक, मञ्च कास्कीका उपाध्यक्ष दिननाथ बराल, सचिव रञ्जन अधिकारी, सदस्य सुर्दशन रञ्जित, ढाका मोहन बराल लगाएतले स्वागत गरेका थिए ।

मञ्चको टोलीले पोखरा रंगशालमा भइरहेको भौतिकपूर्वाधारको विकास लगाएत १३ औं दक्षिण एशियाली खेलकुदमा पोखरामा हुने खेलकुद गतिविधीका बारेमा अध्यक्ष पौडेल संग जानकारी लिएका थिए । उनीहरुले पोखरा रंगशालाका विभिन्न पूर्वाधार विकासको पनि अवलोकन गरेका थिए । सो अवसरमा अध्यक्ष आचार्यले पश्चिमाञ्चलमा नै पहिलो पटक खेलकुदमिडिया सेन्टरको स्थापना भएकोमा खुसी व्यक्त गर्दै मिडिया सेन्टरले खेलकुद विकासमा नया ँइट्टा थप्ने बताए ।

नेपाल खेलकुदपत्रकार मञ्चको टोलीमापूर्व अध्यक्ष अजय फुँयाल, कोषाध्यक्ष प्रज्वल ओली कार्य समितिका सदस्यहरु गोविन्द रेग्मी, सरिता श्रेष्ठ,अन्जन खडका र कमलखत्री रहेका थिए ।