प्रथम पोखरा मिडिया कप फुटशल प्रतियोगिताको उपाधि पोखरा टेलिभिजनलाई


पोखरा – पोखरा टेलिभिजनद्वारा आयोजित प्रथम पोखरा मिडिया कप फुटशल  प्रतियोगिताको उपाधि भने आयोजक पोखरा टेलिभिजनले जितेको छ । प्रतियोगितामा पोखरेली सञ्चारकर्मीहरुको संयुक्त टिम गन्थन डटकम प्लस उप-बिजेता बनेको छ । रानीपौवा स्पोर्ट सेण्टरमा भएको प्रतियोगिताको फाइनल खेलमा पोखरेली सञ्चारकर्मीहरुको संयुक्त टिम गन्थन डट कम प्लसलाईटाई ब्रेकरमा ४–३ गोलले पराजित गर्दै पोखरा टेलिभिजनले सो उपाधी आफ्नों नाम गराएको हो ।निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा पुगेको थियो ।

निर्धारित समयमा पोखरा टेलिभजको तर्फबाट क्याप्टेन सुरज श्रेष्ठले तथा गन्थनको तर्फबाट सुसान्त गाहा मगरले गोल गरेका थिए । १८ टिमले भाग लिएको प्रतियोगितामा गन्थनले समाधान दैनिकलाई ४–२ ले, सराङ्गकोट रेडियोलाई ४–१ ले, कान्तिपुर ग्रुपलाई ५–० ले तथा मेन मिडियालाई ४–० गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । त्यसैगरि पोखरा टेलिभिजनले रेडियो सफलतालाई १–० ले, फेवा टेलिभिजनलाई टाई ब्रेकरमा ४–३ ले, समाधान दैनिकको बि टिमलाई ६–३ गोलले पराजित पराजित गर्दै फाइनल पुगेको थियो ।

जितसंगै पोखरा टेलिभिजनले नगद १५ हजारका साथमा खसि तथा शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो भने दोश्रो स्थानमा चित्त बुझाएको गन्थन डटकम प्लसले नगद १० हजार कप, मेडल प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । विजयी खेलाडीहरुलाई आयोजक टेलिभिजनका अध्यक्ष मनोज गुरुङ्ग, निर्देशक हिमाल खड्का, सञ्चालक जितेश प्रधान, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठक लगायतले पुरस्कार वितरण गरेका थिए ।