प्रथम पोखरा मिडिया कप फुटशल आजबाट सुरु हुदै


पोखरा –  पोखरा टेलिभिजनको आयोजनामा मंगलबारदेखि पोखरामा शुरु हुने प्रथम पोखरा मिडिया कप फुटशल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगितामा पोखराका विभिन्न १८ सञ्चारगृहहरुले भाग लिने भएका छन् ।

प्रतियोगितामा सहभागि १८ टिमलाई दुई पोलमा विभाजन गरिएको छ । समुह ए मा रेडियो अन्नपूर्ण, रेडियो बाराही, रेडियो राइड्स नेपाल, समाधान बि, फेवा टेलिभिजन, मिडिया टिम, रेडियो सफलता र पोखरा टेलिभिजन एचडी बि रहेका छन् । त्यस्तै, समुह बि मा जक्सन डट कम, रेडियो हेम्जा, रेडियो गोर्खाली, मेन मिडिया, पोखरा टेलिभिजन एचडी ए, रेडियो सराङ्गकोट, गन्थन डट कम प्लस, समाधान ए, कान्तिपुर ग्रुप र थ्री एन्जल्स रेडियो रहेका छन् ।

रानीपौवा स्थित पोखरा स्पोटस् सेण्टरमा हुने प्रतियोगिताको उद्घाटन खेल रेडियो अन्नपूर्ण र रेडियो बाराही विच हुने भएको छ । त्यसैगरि दोश्रो खेल रेडियो हेम्जा र जक्सन डट कम विच हुने छ ।

मंसिर ५ र ६ गते हुने प्रतियोगिताको विजेता टिमले नगद १५ हजार सहित खसि, शिल्ड, मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने भएको छ भने दोश्रो हुने समुहले नगद १० हजार सहित कप, मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितालाई पोखरा सस्तो बजारले मुख्य प्रायोजन गरेको प्रतियोगिता संयोजक युबराज भण्डारीले जानकारी दिएका छन् ।