मोदी काठमाडौंमा, भव्य स्वागत,१९ तोपको सलामी


काठमाडौं, साउन १८ –

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । उनी विशेष विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । विमानस्थलमा उनलाई प्रधानमन्त्री सुशील कोइरालाले भब्य स्वागत गरेका छन् ।
मोदीलाई स्वागत गर्न प्रधानमन्त्री कोइराला सहित उपप्रधानमन्त्रीद्धय वामदेव गौतम र प्रकाशमानसिंह, पर्यटनमन्त्री भीम आर्चाय सहितका मन्त्रीहरु विमानस्थल पुगेका थिए । उनलाई १९ तोपको सलामी गारथका साथ सम्मान गरिएको छ विमानस्थलबाट उनी हायात होटलतर्फ प्रस्थान गरेका छन् ।
मोदीलाई स्वागत गर्न प्रधानमन्त्री कोइराला मोदी आउनु भन्दा २५ मिनेट अगाडि विमानस्थल पुगेका थिए ।

सलामीका क्रममा पहिला भारतको राष्ट्रिय धुन र त्यसपछि नेपालको राष्ट्रिय धुन बजाइएको थियो।
मोदीको स्वागतका लागि प्रधानमन्त्री कोइरालासहित सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री वामदेव गौतम र प्रकाशमान सिंह विमानविस्थल पुगेका थिए ।

मोदी काठमाडौं अवतरण गर्ने क्रमसँगै राजधानीको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । राजधानीका ठाँउ ठाउँमा स्वागत गेट बनाइएको छ भने नेपाल–भारतको झण्डा राजधानीको मुख्य चोकमा फहराइएको छ।