पहिरोमा ज्यान गुमाउनेको नामवली सहितको तस्बिर (फोटोफिचर)


काठमाडौँ, १७ साउन –
सिन्धुपाल्चोकको मांखा गाविसस्थित जुरे भन्ने स्थानमा आज बिहान गएको पहिरोले थुनिएको सुनकोसी नदी खुलाउने कार्य प्रारम्भ गरिएको छ ।

Sunkoshi20-650x487
अहिले नदी खुलाउन सुरक्षा निकाय परिचालन भएको र चट्टानको ढिस्को नै बगेर खोला थुनिएकाले अत्यन्त कठिन भइराखेको बताइएको छ । अहिलेसम्म आठ जनाको मृत्यु भएको र १०० भन्दा बढी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Sunkoshi24-650x487

 

नदी थुनिएको क्षेत्रभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयवासीलाई अन्यत्र सार्ने काम पनि भइराखेको छ ।
स्थानीय बासिन्दाले उद्धार कार्य शीघ्र गर्न, पीडितलाई क्षतिपूर्तिको व्यवस्था र हराइरहेकाको खोजी गर्न सरकारसँग माग गरेका छन् ।

Sunkoshi22-650x487
पहिरोमा ज्यान गुमाएका छ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा बदासे–१ का ४० वर्षीय अभिषेक श्रेष्ठ, माङ्खा–१ का १८ वर्षीया आष्मादेवी श्रेष्ठ, सोही वडाका १७ वर्षीया रामदेवी श्रेष्ठ र ४० वर्षीया गणेशमाया श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।

Sunkoshi23-650x487
सोही वडाका ३० वर्षीया विमला श्रेष्ठ र ३५ वर्षीय श्याम श्रेष्ठको यसअघि नै सनाखत भएको थियो । अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको दैनिक नेपालले जनाएको छ।
पहिरोग्रस्त क्षेत्रबाट एकजना बेल्जियम नागरिकसहित १६ जना घाइतेको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । पहिरोग्रस्त क्षेत्र नजिकैको धुस्कुन गाविसका प्रत्यक्षदर्शी स्थानीय शिक्षक पृथ्वीजंग पाण्डेले नदी थुनिएर बनेको तालमा चौपायाहरु छट्पटाइरहेको देखिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया