भोटेकोसी थुनिएको ठाउँमा सेनाले ब्लास्ट गर्‍यो अपडेटः


नेपाली सेनाले भोटेकोसी थुनिएको स्थानमा दुईवटा ब्लास्ट गरेको छ। ब्लास्ट पछि थुनिएको ठाउँबाट पानी बग्न थालेको छ। अहिले बगेको पानी पहिले बग्ने भोटेकोशी भन्दा केही ठूलो देखिएको छ। पानी बग्न थालेपछि सम्भावित क्षति टार्ने अनुमान गरिएको छ।

sunkosi-12

 

पहिरोमाथिबाट पानी बग्न सुरु (२:३० अपडेट) भोटेकोशी थुनिएको ठाउँमा ठूलो तलाउ बनेको छ। करिब डेढ किलोमिटर माथिबाट खसेको पहिरोले एक किलोमिटर क्षेत्र ओगटेर तलाउ बनेको हो। तलाउ ठूलो बनेपछि पहिरोले पुरिएको बाँध माथिबाट पानी बग्न सुरु भएको छ।

एक किलोमिटर लम्बाई क्षेत्रमा तलाउ बनेपछि पहिरोले पुरिएको बाँध माथिबाट पानी बग्न सुरु भएको पछिल्लो खबर मा नागरिक न्युजले जनाएको छ ।